हत्या अभियोगमा चारजना पक्राउ

हत्या अभियोगमा चारजना पक्राउ

विराटनगर । झापाको झापा गाँउपालिका १ घर भई भारतको किशनगंज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने ५५ बर्षीया डोली भन्ने धोन्नी टुडुको हत्या अभियोगमा ४ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा किशनगंज जिल्ला सिंघीमारी ग्राम पञ्चायतका २३ बर्षीय ऐतवार सोरेन, झापा गाँउपालिका १ का ३७ बर्षीय लखन टुडु सतार, ५६ बर्षीय सिरी साईला भन्ने सोमाई हेमरम सतार र २७ बर्षीय श्री हेमरम सतार रहेका छन । भदौ २५ गते तत्काल नाम थर वतन नखुलेको अवस्थामा झापा गाँउपालिका १ स्थित सानो माईखोलामा महिलाको अर्धशरीर भएको अवस्थामा एक लाश फेला परेको थियो । तत्कालै जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट खटिएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाएर कानुनी कारबाही अगाडी बढाएको थियो ।

प्रहरीले अनुसन्धानकै महिलाको पहिचान भएको हो । लाशको पहिचान खुलेसँगै हत्यामा संलग्न चारै जनालाई असोज १ गते प्रहरीले पक्राउ गरेको थियो । बुधबार जिल्ला प्रहरी कार्यालय झापामा पत्रकार सम्मेलन गरि उनीहरुलाई सार्वजनिक गरिएको हो । पक्राउ परेकाहरु मृतक धोन्नीको आफन्तहरु रहेको र जग्गाको बिषयमा उनीहरु बिच विवाद हुँदै खुलेको छ । सोही निहुँमा भदौ २५ गते धोन्नी टुडुलाई माईखोलाको किनारमा लगेर शरीरलाई टुक्राटुक्रा बनाई खोलामा फालेको प्रहरीले अनुसन्धानले पुष्टि गरेको छ ।

पक्राउ परेका चारै जना उपर कर्तव्य ज्यान मुद्धामा कानुनी कारवाही अगाडी बढाईएको र घटनाबारे थप अनुसन्धान समेत भईरहेको झापा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्