माओवादी निकट कर्मचारीको पालिकास्तरसम्मै संगठन बन्ने

माओवादी निकट कर्मचारीको पालिकास्तरसम्मै संगठन बन्ने

विराटनगर । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले प्रदेश १ का सबै पालिकास्तरमा संगठन निर्माण तथापुनःर्गठन गर्ने निर्णय गरेको छ ।
सो संगठनको बुधबार विराटनगरमा बसेको प्रदेश समितिको सचिवालय बैठकले यस्तो निर्णय गरेको संगठनका प्रदेश संयोजक रुद्र सुवेदीले जानकारी दिए ।

कर्मचारी संगठनले ताप्लेजुङ, पाँचथर  र इलामका कर्मचारी लक्षित गरी फिदिममा, सुनसरी, मोरङ, झापा र उदयपुरको चतरामा, संखुवासभा, तेह्रथुम, धनकुटा र भोजपुरको पाख्रिबासमा तथा सोलुखुम्बु, ओखलढुंगा र खोटाङको घुर्मिमा अगुवा संगठक प्रशिक्षण कार्यक्रमगर्ने निर्णय पनि गरेको छ ।

यस्तै कर्मचारीको संगठनको तर्फबाट लालीकिरण स्मारिका प्रकाशनगर्ने निर्णय पनि गरेको सुवेदीले बताए । चार ठाउँको अगुवा संगठक भेलाबाट आवश्यक कार्यविभाजनसहित पालिकास्तरसम्म संगठनगठन र पुनःर्गठनमा लाग्ने सुवेदीले जानकारी दिए ।
उनले माओवादी निकट कर्मचारी संगठनमा विभाजनआएको र एमाले प्रवेश गरेको भन्ने कुरा गलत रहेको बताए । केही बद्नाम व्यक्तिहरु एमालेतिर लागेको भएपनि प्रदेश १ मा सिंगो कर्मचारी संगठन आफूहरुसँग रहेको उनले बताए । सचिवालय बैठक पछि आजै प्रदेश १ को कार्यालय उद्घाटन भएको छ । विराटनगरस्थित सहिद रंगशाला अगाडि स्थापना भएको कार्यालयको माओवादी केन्द्रीय सदस्यतथा प्रदेश १ का सहइन्चार्ज सावित्रीकुमार काफ्लेले गरेकाथिए । सो अवसरमा बोल्दै काफ्लेले माओवादीले नयाँ कम्युनिष्ट पार्टी र नयाँ क्रान्ति गर्न खोजेको भन्दै आ–आफ्नो ठाउँबाट लाग्न कर्मचारीहरुलाई निर्देशन दिए ।

कार्यक्रममा माओवादी विराटनगरका सहइन्चार्ज हेम कार्की, अध्यक्ष भोगेन्द्र यादव, नेतृ गरिमा भट्टराईलगायतले शुभकामना मन्तव्य दिएका थिए भने कर्मचारी नेताहरुले संगठन निर्माणमा जोड दिएकाथिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्