विराटनगर । महिलाहरुलाई आर्थिक रुपमा सवल हुदै आत्मनिर्भर हुन प्रोत्साहन गर्ने उद्देश्यले व्यवसाय सीप विकास तालिम प्रदान गरिएको छ । व्यवसाय छनौट कसरी गर्ने, योजना कसरी बनाउने, ब्यवसाय संचालनका जोखिम समाधानका उपायहरु र राज्यले ब्यवसाय गर्ने महिलाहरुका लागि के कस्तो सुविधा प्रदान गरेको छ लगायतका विषयमा महिलाहलाई जानकारी दिइएको हो ।
साझा सवालका लागि साझा मञ्च(कोकन) को आयोजना तथा प्लान इन्टरनेशनल नेपालको सहयोगमा भाद्र २९ देखि असोज २ गते सुनसरी का १५ जना महिलाहरुलाई तालिम प्रदान गरि व्यवसाय सम्बन्धि ज्ञानमा क्षमता अभिबृद्धि गरीएको कोकनका हेमन्त पौडेलले जानकारी दिनुभयो ।
तालिममा बर्जु गाउँपालिका, दुहबी नगरपालिका तथा बराहक्षेत्र नगरपालिकाका १५ जना महिलाहरुको सहभागिता रहेको थियो ।
तालिमको सहजीकरण कमला न्यौपाने, पशु प्राविधिक रुप नारायण मेहता तथा कोकन का कार्यक्रम संयोजक हेमन्त राज पौडेलले गर्नु भएको थियो । तालिमको अन्त्यमा सहभागिहरुले बंगुरपालन र होटल व्यवसाय गर्ने कार्य योजना समेत निर्माण गरेका थिए ।