अभियानकर्मीहरुलाई विपदमा बालसंरक्षण सम्बन्धि तालिम सम्पन्न

अभियानकर्मीहरुलाई विपदमा बालसंरक्षण सम्बन्धि तालिम सम्पन्न

विराटनगर । विपदको समयमा बालवालिकाको संरक्षण कसरी गर्न सकिन्छ भन्ने विषयमा अभियानकर्मीहरुलाई तालिम प्रदान गरिएको छ ।
साझा सवालका लागि साझा मञ्च(कोकन) र प्लान इन्टरनेशनल नेपालले सुनसरीको धरानमाभदौ २६ देखि २८ गते सम्म विपदमा बालसंरक्षण सम्बन्धि तालिम प्रदान गरीएको हो ।

विपदको समयमा बालबालिकामा पर्ने समस्याहरु, बाल अधिकार,बाल संरक्षण र मानव बेचविखन तथा ओसारपसार बिरुद्ध जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरिएको हो । तालिममा बर्जु तथा कोशी गाउँपालिका तथा बराहक्षेत्र र रामधुनी नगरपालिकाका २० जना मानव बेचविखन तथा ओसारपसार बिरुद्ध अभियानकर्मीहरुको सहभागिता रहेको थियो ।

सहभागिहरुले विपद्धमा बालबालिकाका समस्याहरु समाधान गर्न तथा मानव बेचविखन तथा ओसारपसार बिरुद्ध काम गर्नको लागि कार्य योजना समेत निर्माण गरेका छन । सहभागिहरुले बालबालिकाहरुले कोभिड १९ को कारण बालबालिकाहरु विद्यालय जान नपाएको र सामाजिक सञ्जालमा व्यस्त रहेको कारण हिंसा र दुरव्यवहारमा परेको बताएका छन । तालिमको सहजीकरण वरिष्ठ अधिवक्ता कोषराज न्यौपाने, नवराज निरौला तथा कोकनका अध्यक्ष श्री मञ्जीता उपाध्यायले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्