इटहरीका मेयर विरुद्ध महिला अधिकारकर्मिहरु आन्दोलनमा

इटहरीका मेयर विरुद्ध महिला अधिकारकर्मिहरु  आन्दोलनमा

ईटहरी ।

बेला बेला चर्चामा आउने सुनसरी इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी पुन विवादमा तानिएका छन् ।

कहिले डोजर लिएर संरचना भत्काउने त कहिले कार्यलयमा सेवागा्रहीलाई कार्यकक्षमा थुनेर चर्चामा आउने मेयर चौधरी पुन महिला सेवाग्राहीलाई अपशब्द बोलेको भन्दै उनी बिरुद्ध महिलाहरु सांगठनीक रुपमा नै केही दिन देखी आन्दोलनमा उत्रिएका छन् । भदौ ३० गते बुधवार तोक लगाउन कार्यकक्षमा पुगेका सेवाग्राही महिलालाई इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले अपमान गरेको भन्दै महिलाहरु बुधबार आन्दोलनमा उत्रिएका हुन् ।

इटहरी–४ कि सिता शेर्पा राई र शर्मिला भट्टराई अनुदानको रकमको लागी हस्ताक्षर गर्न मेयर चौधरी समक्ष पुगेका बेला आफुहरुलाइ मेयर चौधरीले अपमान गरेको बताएका छन् । बैठक चलिरहेको बेला अनुमति सहित मेयर समक्ष निवेदन गर्न पुगेका उनिहरुलाइ मेयर चौधरीले यो आइमाईलाई कसले भित्र छिर्न दियो निकालिहाल भन्दै आक्रोसित बन्दै अपशब्द बोलेपछि उनीहरु बाहिर निस्किएका थिए । उनिहरुलाइ सुन्नै नसक्ने शब्दले अपमान गरी गालि गलौज गरेको महिलाहरु बताउँछन् ।

चटपटे, पानी पुरी व्यवसाय गर्न पाउनुपर्ने योगदान वापतको १० हजार रुपैया लिन पुगेकी शर्मिला भट्टराई र सिता शेर्पा राई आफुले चुनेको नगर प्रमुखबाटै अपमानित हुनुपरेको गुनासो गर्दछन् । बाहिर निस्किन साथ मेयर चौधरीका स्वकीय सचिव सूर्य चौधरीले पनि अर्को अपमान गरेको पिडित महिला सीता शेर्पा राई बताउछिन् ।

‘हातमा सुनको बाला, घाँटीमा सुनको सिक्री लाउने मान्छे सहयोग माग्दै हिँड्न लाज लाग्दैन ? भन्दै झपारेको शेर्पाले बताइन् । पीडित महिलाको समर्थनमा विभिन्न १५ भन्दा बढि सङ्गठन र महिला अधिकारकर्मीहरूले “अराजक मेयर चाइदैन जथाभावी बोल्न पाइदैन” महिलालाई न्याय दे जस्ता नारा लगाइ नगरपालिकाको अगाडि विरोध जनाएका छन् ।

नेपालको संविधानले सुनिश्चित गरेको संवैधानिक हक र अधिकार कार्यान्वयन गर्नु राज्यको दायित्व रहेको अर्कि पिडित महिला शर्मिला भट्टराई बताउछिन् । स्थानीय तहका प्रमुख जिम्मेवार व्यक्तिबाट नै महिलालाई लक्षित गरी प्रहार गरिएको अपशब्दले अपमानित गरेको आन्दोलनमा सहभागीहरुको भनाई छ । चौधरीले महिला समक्ष सार्वजनिक स्थानमा माफी माग्नुपर्ने समेत उनिहरुले माग गरेका छन् ।

यसरी आफ्नै कार्यकक्षमा महिलाहरुमाथि गरिएको यो अपशब्दको आम पिडित महिलाहरुले घोर विरोध गरेको छन् । यसैबीच मेयरकै कार्यकक्षमा आन्दोलनरत पिडित महिलाहरुले तालाबन्दी समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्