पेशागत महासङ्घ नेपालद्वारा तोडफोड गर्नेलाई कारवाहीको माग

पेशागत महासङ्घ नेपालद्वारा तोडफोड गर्नेलाई कारवाहीको माग

काठमाडौँ।

पेशागत महासङ्घ नेपालले आफ्नो कार्यालयमा तोडफोड गर्नेलाई कारबाहीको माग गरेको छ । यही असोज ४ गते पदाधिकारीको बैठक बसिरहेका बेला एउटा समूहले कार्यालयमा तोडफोड गरेको थियो ।

महासङ्घका संयोजक बाबुराम थापाले आज विज्ञप्ति जारी गर्दै तोडफोडमा संलग्नलाई कारबाही गर्न माग गर्नुभयो । उहाँले कार्यालयमा लगाइएको ताला खोल्न माग गर्नुभयो । सो कदम ट्रेड युनियनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धान्त विपरीत भएको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्