दुहबी । सुनसरी दुहबी नगरपालिका २ स्थित कोशी लोकमार्गमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बुढीगंगा ७ का ५० का आशराम माझी रहेका छन् ।
आज बिहान सँवा ८ बजे बिराटनगर आऊँदै गरेको मे १ ख २७४८ नम्बरको बसले बाटो क्रश गर्न लागेको को ३४ प ९०६७ नम्बर को मोटरसाईकललाई ठक्कर दिँदा गम्भिर घाईते भएका मोटरसाईकल चालक माझीको न्युरो अस्पताल विराटनगर पुर्याउन साथ मृत्यु भएको हो । बस र बस चालक सिन्धुपाल्चोक ईन्द्रावती ४ का ३० बर्षीय अशोक थापा मगर ईलाका प्रहरी कार्यालय ईटहरीको नियन्त्रणमा रहेको छ ।