लागूऔषध सहित एक जना पक्राउ

लागूऔषध सहित एक जना पक्राउ

विराटनगर । बिराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागूऔषध सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान १३ का ३२ बर्षीय मुनु राणा राई रहेका छन् ।

आज दिउसो १ बजे लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लुपिजेसिक १० एम्पुल, डाईजाल्याब १० एम्पुल, एभिल १० एम्पुल र फेनारगन १० एम्पुल सहित पक्राउ गरेको हो । पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्