डेण्टल साइन्स हाईजेनिष्ट एशोसिएशन अफ नेपालको प्रदेश १ संयोजकमा विराटनगरका श्रेष्ठ चयन

डेण्टल साइन्स हाईजेनिष्ट एशोसिएशन अफ नेपालको प्रदेश १ संयोजकमा विराटनगरका श्रेष्ठ चयन

विराटनगर।

डेण्टल साइन्स हाईजेनिष्ट एशोसिएशन अफ नेपालको प्रदेश १ संयोजकमा विराटनगरका सन्दीप कृष्ण श्रेष्ठ चयन भएका छन् । काठमाण्डौंमा सम्पन्न विशेष साधारण सभाले उनलाई प्रदेश संयोजकमा चयन गरेको हो ।

उक्त सभाले माईकल देवकोटाको अध्यक्षतामा ३५ सदस्य नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो । साथै सो सभाले ७ वटै प्रदेश समिति समेत गठन गरेको छ ।

करीव दुई दशकदेखि दन्त सेवामा कार्यरत श्रेष्ठ विराटनगरको न्यू भिम डेन्टल हाउसका सञ्चालक रहेका छन् । सामाजिक कार्यमा समेत सक्रिय रहेका उनले यसअघि विभिन्न संस्थासँग आवद्ध भई निःशुल्क शिविरमा समेत सहभागीता समेत जनाउंदै आएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्