‘द भ्वाइस किड्स नेपाल’ का चार निर्णायक सार्वजनिक

‘द भ्वाइस किड्स नेपाल’ का  चार निर्णायक सार्वजनिक

विराटनगर।

गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’का लागि चारजना निर्णायक सार्वजनिक भएका छन् । ‘द भ्वाइस किड्स नेपाल’ ले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमार्फत चारजना निर्णयकको तस्विर राख्दै यसबारे जानकारी दिएको हो ।

चार निर्णायकमा गायक प्रमोद खरेल, राजु लामा साथै गायीका प्रविशा अधिकारी र मिलन नेवार रहेका छन् ।यस कार्यक्रममा ६ देखि १४ वर्ष सम्मका बालबालिकाहरुले भाग लिएर आफ्नो गायन प्रतिभा प्रस्तुत गर्न सक्ने आयोजकले जानकारी दिएको छ ।

नेपाली संगीत जगतमा नयाँ आयाम थप्ने प्रयासका साथै नेपाली बालबालिकाको प्रतिभालाई विश्व सामु राख्ने उद्देश्यले यो कार्यक्रम ल्याईएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्