छुरा प्रहार गरी छिमेकीको हत्या

<span class='c1'>छुरा प्रहार गरी</span> <span class='c2'>छिमेकीको हत्या</span>

इटहरी । सुनसरी ईटहरी उपमहानगरपालिका–३ सुनौलो टोलका ६२ बर्षीय देवी प्रसाद अधिकारीले छिमेकी २१ बर्षीय राजु थापालाई छुरा प्रहार गरि हत्या गरेका छन् ।
हिजो बेलुका साढे ४ बजे सामान्य घरयासी बादबिबाद हुँदा अधिकारीले छातीमा छुरा प्रहार गरि गम्भिर घाईते बनाएका थापाको उपचारको लागी घोपा धरानमा पुर्‍याउन साथ मृत्यु भएको थियो ।

घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय ईटहरीबाट प्रहरी टोली खटि गई हत्या गर्ने देवी प्रसाद अधिकारीलाई पक्राउ गरिएको छ । पक्राउ परेका अधिकारी समेत घाईते भएकाले प्रहरीको निगरानीमा उपचार भईरहेको छ । घटनाबारे ईलाका प्रहरी कार्यालय ईटहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्