विराटनगरका उद्योगीको सुझाव : नेपाल व्यापार रणनीति २०१६ संशोधन गरेर नेपाली चिनारीका वस्तु निर्यात सहज बनाईनुपर्छ

विराटनगरका उद्योगीको सुझाव : नेपाल व्यापार रणनीति २०१६ संशोधन गरेर नेपाली चिनारीका वस्तु निर्यात सहज बनाईनुपर्छ

विराटनगर । अन्तराष्ट्रिय बजारमा नेपालमा उत्पादित मौलिक चिनारी बोकेका वस्तुको माग भएपनि प्रकृयागत समस्याका कारण निर्यातमा समस्या परेको विराटनगरका उद्योगी–व्यवसायीले गुनासो गरेका छन् । उद्योगीहरुले बढ्दो उत्पादन लागत, लजिष्टिक खर्च, ढुवानीको समस्या र कुटनीति पहलको अभावका कारण नेपाली मौलिक वस्तुको निर्यातमा समस्या भईरहेको बताएका हुन् ।

अन्तर्राष्ट्रिय बजारमा स्वदेशी वस्तुको बजार प्रर्वद्धन निर्यात अभिवृद्धिको माध्यमवाट वढ्दो व्यापार घाटा न्यूनिकरण गर्न नेपाल सरकारले ल्याएको नेपाल व्यापार एकिकरण रणनीति २०१६ को आगामी संशोधनमा यस्ता समस्याको हल खोज्नुपर्ने उनीहरुले जोड दिएका हुन् ।
उद्योग संगठन मोरङले विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रम नेपाल व्यापार एकिकरण रणनीति २०१६ लाई अझै राष्ट्रियहित अनुकुल बनाउनु पर्ने माग समेत गरिएको छ । कार्यक्रममा पूर्व अर्थ सचिव एवं संगठनका विशिष्ठ सल्लाहकार रामेश्वर खनालले नेपाल व्यापार एकिकरण रणनीति २०१६ सम्वन्धमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यपत्रमा वैदेशिक व्यापार अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबै क्षेत्रलाई समावेश गरी ईकोसिस्टको विकास गर्नुपर्ने धारणा राखिएको थियो । आर्थिक विकासको मेरुदण्डका रुपमा रहेका आन्तरिक उद्योगहरुको प्रतिष्पर्धात्मक क्षमता अभिवृद्धि गरी निर्यातलाई वढावा दिन सरकार, नीजि क्षेत्रबीच अझै बढी सहकार्य हुनुपर्ने बताउँदै खनालले राज्यले उद्योग व्यवसायहरुको विकासका लागि सहज र सरल नीति निर्माण गर्नुपर्ने धारणा राख्नुभयो ।

नेपालभारत उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्दिय सदस्य अविनाश बोहराले निर्यात व्यापारको महत्वपूर्ण पक्षका रुपमा रहेको सिपिङ कम्पनी नहुनु, डिटेन्शनका नाममा अतिरिक्त खर्चको व्ययभार उद्योगले व्यर्होर्नुपर्ने, अन्तर्राष्ट्रिय स्तरको मान्यता प्राप्त ल्याव नहुनु जस्ता कारणले पनि निर्यात व्यापार अभिवृद्धि हुन नसकेको सुझाव दिनुभयो । उहाँले निर्यात अभिवृद्धिका लागि नीति निर्माणका साथैै पूर्वाधार विकासमा सरकारले ध्यानदिनु पर्ने विचार व्यक्त गर्नु भएको थियो ।

अन्तरक्रियामा संगठनका तर्फबाट सुझाव प्रस्तुत गर्दै संगठनका अध्यक्ष सुयश प्याकुरेलले २०१६ को रणनीति योजनामा देखिएका कमीकमजोरीहरुको सुधार गरी आगामीनीति तय गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा संगठनका पूर्व अध्यक्ष मुकेश उपाध्याय, वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारका, उपाध्यक्ष नन्दकिशोर राठी, कोषाध्यक्ष विपिन कावरा लगायतले नेपाली उद्योगका उत्पादनको सहज निर्यातमा जोड दिनु भएको थियो । नेपाली कच्चा पदार्थ प्रशोधन गरेर उत्पादित वस्तुको निर्यातमा राज्यले आधारभूत तहदेखि नै लगानी गर्नुपर्नेमा उद्योगीहरुको सुझाव छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्