डोल्पाका १ सय ७० घरधुरीलाई निःशुल्क सोलार वितरण

<span class='c1'>डोल्पाका १ सय ७०</span> <span class='c2'>घरधुरीलाई निःशुल्क सोलार वितरण</span>

जाजरकोट।

ठुलीभेरी नगरपालिका–९ डोल्पाका १ सय ७० घरधुरीलाई निःशुल्क सोलार वितरण गरिएको छ । कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत वडाका सम्पूर्ण घरधुरीलाई सोलार वितरण गरिएको हो । शनिबार मोतीपुर, डाँगीबाडालगायतका बस्तीका नागरिकलाई भेला गरेर सोलार वितरण गरिएको हो ।

नगरपालिकाको रु २० लाख र कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको रु ५० लाख गरेर कूल रु ७० लाख अनुदान सहयोगमा सम्पूर्ण वडावासी लाभान्वित हुने गरी सोलार वितरण गरिएको वडाध्यक्ष बिर्मलकुमार भण्डारीले जानकारी दिनुभयो । जनताको माग अनुसार प्रत्येक घरधुरीलाई २ सय वाटको प्यानल र १ सय ५० एम्पियरको ब्याट्री निःशुल्क वितरण गरिएको भण्डारीको भनाइ छ ।

“वर्तमान अवस्थामा सेवा दिइरहेको दुनैस्थित जैरीगार्ड जलविद्युत्को घण्टौँ लोडसेडिङका कारण जनताले हैरानी खेपेका थिए, उक्त समस्यालाई मध्यनजर राख्दै सोलार खरिद गरिएको हो, अब नागरिक अन्धकारबाट मुक्त भएका छन्”, उहाँले भन्नुभयो । प्रत्येक घरधुरीलाई खरिद र ढुवानीसहित रु ३९ हजार ५ सय मूल्य बराबरको सोलार वितरण गरिएको भण्डारीले बताउनुभयो । भरपर्दो बत्तीको सुविधा नहुँदा प्रायः अन्धकारमा बस्दै आएका आफूहरुले सोलार पाउँदा खुसी लागेको स्थानीयवासी सुनकुकारी कठायतले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्