मोरङको राजघाटका अभिषेक चौधरीको हत्यामा संलग्न दुई जना पक्राउ

मोरङको राजघाटका अभिषेक चौधरीको हत्यामा संलग्न दुई जना पक्राउ

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–८ राजघाटका १९ वर्षीय अभिषेक चौधरीको हत्यामा संलग्नमध्ये थप दुई जना पक्राउ परेका छन् ।

उर्लाबारी–७ का २७ वर्षीय अभिषेक लिम्बू र उर्लाबारी–८ का २८ वर्षीय विजय लिम्बू पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक राजाराम खड्का नेतृत्वको खटिएको टोलीले मोरङको सुनबर्षी नगरपालिका–८ सिक्टीबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैजना अभिषेक चौधरी हत्या काण्डका मुख्य अभियुक्त हुन् ।

उनीहरुलाई प्रहरीले आईतबार जिल्ला अदालत मोरङमा पेश गरेको छ । लिम्बद्धयको योजना र प्रत्यक्ष संलग्नतामा छुरा हानेर चौधरीको हत्या गरिएको श्रेष्ठको खड्काको भनाई छ । उनका अनुसार अनुसन्धानबाट घटनाको योजना बनाउने र छुरा हान्ने दुवैमा उनीहरुको मुख्य भूमिका रहेको पाईएको छ । १५ जनाको संख्यामा आएको समूहले गत साउन ११ गते दिउँसो चौधरी र उनीसँगै रहेका २१ वर्षीय सुशन धामीमाथि छुरा प्रहार गरेको थियो । छुरा प्रहारबाट गम्भीर घाइते चौधरीको त्यही दिन झापाको बिर्तामोडस्थित बि एन्ड सी अस्पताल पु¥याए लगत्तै मृत्यु भएको थियो । सुशन भने उपचारपछि निको भएर डिस्चार्ज भईसकेका छन् ।

घटनामा संलग्नमध्ये उर्लाबारी–८ का २२ वर्षीय राकेश कार्की, १९ वर्षीय पवन भनिने हेमराज कार्की, २१ वर्षीय योगेश विक, १९ वर्षीय निशान राई, उर्लाबारी–७ का २० वर्षीय अञ्जन लिम्बू र उर्लाबारी–१० का २० वर्षीय आयुष राना मगर यसअघि नै पक्राउ परिसकेका छन् । अहिलेसम्म घटनामा संलग्न ८ जना पक्राउ परिसकेको थप ७ जना फरार रहेको मोरङ प्रहरीले जनाएको छ ।

हत्यामा संलग्नविरुद्ध जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ । यसअघि पक्राउ परेका ३ जना अदालतको आदेशबाट पूर्पक्षका लागि कारागार चलान भएका छन् । अदालतले निशान, अञ्जन र आयुषलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिए पनि राकेश, हेमराज र योगेशलाई भने धरौटीमा छाड्न आदेश दिईसकेको छ ।

घटनामा संलग्नमध्ये सुमन चौहान, नवीन तामाङ, संजोग अधिकारी, सुमन श्रेष्ठ, मनिष गुरुङ, अजय श्रेष्ठ र बामस मगर फरार छन् । मोरङ प्रहरीका डिएसपी दीपक श्रेष्ठले फरार रहेकाहरुको खोजी जारी राखिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्