सुनसरीको रामधुनीमा जितीया महोत्सव हने

सुनसरीको रामधुनीमा जितीया महोत्सव हने

ईटहरी । थारु चलचित्र तथा सांस्कृतीक सघं जिल्लाकर्य समिती सुनसरीको आयोजनामा जितीया महोत्सव २०७८ हुृने भएको छ ।
पुर्व मेची देखी पश्चिम महाकाली सम्म तराईको जिल्लामा छरिएर रहेको थारु भुमीपुत्र आदिवासी थारु समुदायले सुनसरी जिल्लाको रामधुनी नगरपालिका ५ स्थित म्याजिक सिनेमा हल छेउमा महोत्सवको आयोजना गर्न लागेको हो ।

थारु चलचित्र तथा सांस्कृतीक सघं जिल्लाकर्य समिती सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी यही अशोज १३ गते एक दिने भव्य जितिया महोसत्व हुने जानकारी दिएको हो ।
कार्यक्रममा सुनसरी इटहरी उपमहानगरपालिका तथा मोरङ्ग, सप्तरी र अन्य गाउँपालिका र नगरपालिकाका मानिसहरुको सहभागी रहने छ । कार्यक्रममा थारु आदिवासीको भेषभुषामा झ्याकी ्याली सहित झुम्का बजार परिक्रमा तथा प्रर्दशन गर्ने त्यस्तै पौराणिक धुर्मा नाच तथा भाषको नृत्य, थारु भेषभुषामा प्रदर्शन गर्ने र कार्यक्रमको बारेमा सबै जातजाती समुदाय, पेशा कार्य बुद्धिजिवी, व्यापारी कलाकारलाई कार्यक्रमको वारेमा जानकारी गराउने र स्थानिय कलाकारहरुको समेत प्रस्तुतीकरण रहने आयोजकले जनाएको छ ।
सुनसरी जिल्लाको विभिन्न पालिकामा जातीय जनसंख्याको हिसाबमा सबैभन्दा बढि जनसंख्या रहेको थारु समुदायको र सवै नेपाली दाजुभाइहरु प्रति सुमधुर सम्बन्ध कायम राख्दै आत्मियता बढाउने कार्यमा सफल्ता हासिल गराउने लक्ष्यका साथ महोत्सव हुन लागेको हो ।
सांस्कृतिक सहभागिताको विकास, एकता र सद्भाव कायम गराउन, पहिचान परम्परा, प्रथा तथा संस्कृती जोगाउन साथै भावी पिढिलाई निरन्तरता कायम गराउने उद्धेश्यका साथ कार्यक्रम गर्न लागेको आयोजकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्