सुनसरीको देवानगञ्जमा जङ्गली स्यालको आक्रमणबाट ८ जना घाईते

सुनसरीको देवानगञ्जमा जङ्गली स्यालको आक्रमणबाट ८ जना घाईते

विराटनगर । जंगली स्यालको आक्रमणबाट सुनसरीको देवानगञ्ज गाउँपालिकाका ८ स्थानीय घाईते भएका छन् ।

सोमबार अपरान्ह खेतमा काम गरिरहेको तथा पसल व्यावसाय सञ्चालन गरेर बसिरहेको अवस्थामा स्यालले आक्रमण गर्दा उनीहरु घाईते भएका हुन् । घाईते हुनेमा देवानगञ्जका भिखो मेहता, मजिया देवी मेहता, कारी मेहता, कालिचरण मेहता, दुखीलाल शर्मा, नुनुलाल मेहतासहित नाम नखुलेका स्थानीय हरिनारायण शर्माको नातिनी र ​तेतर शर्माको छोरा रहेका छन् । उनीहरुको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भईरहेको छ ।

देवानगञ्जमा यसअघि पनि जंगली स्यालको आक्रमणबाट दर्जन बढी स्थानीय घाईते भईसकेका छन् । बिशेषगरि देवानगञ्जको मध्यहर्षाही र कप्तानगञ्ज तथा बर्जु गाउँपालिकाको चिमडी, अमाही बेलहा र हक्पारा लगायतका क्षेत्रमा जंगली स्यालको आतंक रहेको स्थानीय राजिन्दर मेहताले बताएका छन् । सोमबार पनि ५ देखि ६ वटाको समुहमा आएको स्यालले स्थानीयमाथि आक्रमण गरेको उनले जानकारी दिए ।

स्यालको टोकाईबाट स्थानीयको गाईमाल समेत असुरक्षित छन् । सुनसरीको देवानगञ्जमा जंगली स्यालका साथसाथै निलगाई र बाँदरको समेत आतंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्