नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सयले घट्यो

नेपाली बजारमा आज सुनको मूल्य तोलामा  तीन सयले घट्यो

विराटनगर।

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु तीन सयले घटेको छ । छापावाल सुन सोमबार प्रतितोला रु ८९ हजारमा ३ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्क अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार तोकिएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ५ सय ५० कायम गरिएको छ । तेजाबी सुन सोमबार प्रतितोला रु ८८ हजार ८ सय ५० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्य सोमबारको तुलनामा आज प्रतितोला रु पाँचले घटेको छ । सोमबार प्रतितोला रु एक हजार १ सय ६० मा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला रु एक हजार १ सय ५५ तोकिएको छ ।

अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रति औँस एक हजार ७ सय ५१ दशमलव ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्