मुटु स्वस्थ राख्न विराटनगरमा न्यूरोको साईकल र्‍याली

मुटु स्वस्थ राख्न विराटनगरमा न्यूरोको साईकल र्‍याली

विराटनगर । विश्व मुटु दिवसको अवसर पारेर विराटनगरस्थित न्यूरो हस्पिटलले सचेतामूलक साईकल र्‍याली निकालेको छ ।

प्रत्येक वर्ष सचेतनामूलक कार्यक्रमको आयोजना गरि मुटु दिवस मनाउँदै आएको न्यूरोले बुधबार विराटनगरमा साईकल र्‍याली निकालेको हो । बुधबार बिहान न्यूरो हस्पिटलदेखि सुरु भएको बृहत साईकल र्‍यालीले विराटनगरको ट्राफिक चौक, रोडेशष चौक, कलेज रोड, जलजला चौक, तिनपैनी चौक, जिल्ला प्रशासन कार्यालय, अस्पताल चौक, देवकोटा चौक र सिद्धार्थ चौक लगायतका विभिन्न भाग परिक्रमा गरेको थियो ।

बंगलामुखी मन्दिर आएर समापन भएको उक्त र्‍यालीमा लायन्स क्लब अफ विराटनगर महानगरपालिका, लियो क्लब अफ विराटनगर, नेपाल युवा उद्यमी मञ्च विराटनगर, न्यूरो हेल्थ कलेज, लर्डबुद्ध कलेज र न्यूरो अस्पतालका वरिष्ठ चिकित्सक र स्वास्थ्यकर्मीहरू सहभागी थिए । ‘मुटु रोगबाट बच्न र बचाउन सबै सचेत होऔं’ भन्ने नाराका साथ साईकल र्‍याली निकालिएको थियो ।

र्‍यालीपछि आयोजित औपचारिक कार्यक्रममा बोल्दै विराटनगरस्थित न्यूरो हस्पिटलका कन्सल्टेन्ट ईन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. निकेशराज श्रेष्ठले शरीरको सबैभन्दा महत्वपूर्ण अङ्ग मुटु रहेकोले यसलाई स्वस्थ राख्न सन्तुलित भोजन र शारीरिक व्यायाममा ध्यान दिनुपर्नेमा बताए । उनले शरीरमा कुनै समस्या देखिए समयमै राम्रो अस्पताल छनौट गरि चिकित्सकसँग आवश्यक सल्लाह र परामर्श लिन आग्रह गरे । उनले भने, ‘फास्टफुड र कार्बाेहाईड्रेड धेरै भएको खानेकुराहरु कम खाने र व्यायाममा जोड दिने बानी बसालेपछि मुटुमा लाग्ने धेरै रोगबाट बच्न सकिन्छ ।’

यस्तै मुटु दिवसको अवसर पारेर न्यूरो हस्पिटलले ल्याब परिक्षणमा समेत ५० प्रतिशत छुट दिएको छ । मंगलबारदेखि लागु हुनेगरि ३ दिनसम्म ५० प्रतिशत छुटमा ल्याब परिक्षण गराउन सकिने अस्पतालले जनाएको छ । यस अवधिमा अस्पतालको ओपिडी पनि निःशुल्क गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्