कानेपोखरीमा एमालेका ४८ र लिम्बुवानका ७० जना सक्रिय सदस्य माओवादीमा प्रवेश

<span class='c1'>कानेपोखरीमा एमालेका ४८ र लिम्बुवानका ७०</span> <span class='c2'>जना सक्रिय सदस्य माओवादीमा प्रवेश</span>

कानेपोखरी । नेकपा माओवादी केन्द्र कानेपोखरीको संयोजकमा मनोज राजवंशी चयन भएका छन् । गाउँपालिकाको मंगलबार बसेको विस्तारित बैठकबाट राजवंशीलाई संयोजकमा चयन गर्दै ७५ सदस्यीय समिति घोषणा गरेको हो । उक्त समितिले सम्मेलन गर्ने जिम्मा पाएको छ ।
आगामी कात्तिक १३ गते वडा सम्मेलनहरू गर्ने र मंसिर ४ गते पालिकास्तरीय सम्मेलन गर्ने माओवादीले निर्णय गरेको छ । यस्तै आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने माओवादीको तयारी छ ।

सोही विस्तारित बैठकको अवसरमा संघीय लिम्बुवान मञ्च वडा नम्बर ६ का उपाध्यक्ष सुमन लिम्बूको नेतृत्वमा सो पार्टीका ७० जना युवा एकीकृत माओवादीमा समाहित भएका छन् । यस्तै एमालेका ४८ जना सक्रिय सदस्यहरु माओवादीमा प्रवेश गरेको संयोजक राजवंशीले जानकारी दिए ।
कानेपोखरी वडा नम्बर २ मैनावरीबाट पर्मिला मगर, अनिता हेमरन र प्रकाश धिमालको नेतृत्वमा सो संख्यामा एमालेका कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन् ।

नव प्रवेशिहरुलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य मोरङ इन्चार्ज गोपि अछामी, सहइन्चार्ज कुशल लिम्बू, संयोजक गणेश उप्रेती, प्रदेश सदस्य दीपक भट्टराई, लालबहादुर सुस्लिङ मगर९सबिन०, नेतृ गीता तिम्सिनालगायतले स्वागत गरेका थिए ।
यस्तै विस्तारित बैठकमा कानेपोखरी माअ‍ोवादीका इन्चार्ज राजेन्द्र मण्डल, सह इन्चार्ज अम्बिका अर्याल, प्रदेश सल्लाहकार सदस्य दोय खुल्लु राजबंशी, सूर्य धिमाल, वाइसिएल मोरङ जिल्ला सचिव नबिन गुरुङलगायतको उपस्थिति थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्