रोटरी/ रोटर्याक्ट क्लब अफ बिराटनगर डाउनटाउनद्वारा “हेल्पिंग इल्डरलि ” कार्यक्रम सम्पन्न

रोटरी/ रोटर्याक्ट क्लब अफ बिराटनगर डाउनटाउनद्वारा “हेल्पिंग  इल्डरलि ” कार्यक्रम सम्पन्न

विराटनगर।

विश्व मुटु दिवसको अवसरमा अन्तर्राष्ट्रिय रोटरी जिल्ला ३२९२ अन्तर्गतको रोटरी क्लब अफ बिराटनगर डाउनटाउन तथा रोटर्याक्ट क्लब अफ बिराटनगर डाउनटाउन र रोटर्याक्ट क्लब अफ नोबल मेडिकल कलेज टिचिङ हस्पिटलको संयुक्त आयोजनामा "हेल्पिंग इल्डरलि "नामक कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा करिब ५५ जना वृद्धहरुको रक्तचाप, मधुमेह लगयत इसिजीको समेत नि : शुल्क जांच गरिएको थियो।

कार्यक्रममा नोबल मेडिकल कलेजका वरिष्ठ चिकित्सक छाती तथा फोक्सो रोग विशेषज्ञ डा. फरमुद अंसारी, डा. संजय मण्डल , डा. श्री प्रसाद शाह, डा. सनेह शाह लगायतका चिकित्सकहरुद्वारा परिक्षण गरिएको थियो। साथै कर्यक्रम निकै नै प्रभावकारी र जनचेत्नमुलक रहेको रोटर्याक्ट क्लब अफ बिराटनगर डाउनटाउनका वर्तमान अध्यक्ष रोट्राक्ट शशांक पोखरेलले बताए।

कार्यक्रममा रोटरी क्लब अफ बिराटनगर डाउनटाउनकि वर्तमान अध्यक्ष रोटेरियन सन्चीता जैन लगायत अन्य रोटेरियन तथा रोटर्याक्ट पदाधिकारीहरुको उपस्थिति रहेको पनि उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्