झण्डै ६ महिनापछि इटहरीको इपील्याण्ड वाटरपार्क पुनः सञ्चालनमा

झण्डै ६ महिनापछि इटहरीको इपील्याण्ड वाटरपार्क पुनः सञ्चालनमा

इटहरी । कोरोना महामारीका कारण बन्द रहेको इपिल्याण्ड एण्ड वाटरपार्क पुनः सञ्चालनमा आएको छ ।

कोरोना महामारीका कारण झण्डै ६ महिना बन्द भएको वाटरपार्क बिहीबारबाट पुनः सञ्चालनमा आएको हो । वाटरपार्क सुनसरीको इटहरीमा अवस्थित छ । गत फागुन ११ गतेदेखि औपचारिक रुपमा सञ्चानमा आएको वाटरपार्क कोभिड महामारीका कारण २ महिना नबित्दै बन्द भएको थियो ।

हाल कोरोना संक्रमणको दर केही हदसम्म न्युनीकरण भएसँगै पार्क पुनः सञ्चालनमा आएको हो । ५५ करोडको लागतमा स्थापना भएको यो वाटरपार्कले ४२ औं विश्व पर्यटन दिवसको अवसरमा प्रशंसा पत्र समेत पाईसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पार्कलाई प्रशंसा पत्र प्रदान गरेको हो ।

सोही अवसरमा बिहीबारदेखि एक हप्तासम्म पार्कले प्रवेश शुल्कमा छुट समेत दिने भएको छ । पार्कले आउँदो १ हप्तासम्म ५०० र ३०० दरले मात्र टिकट बिक्री गर्ने वाटरपार्कका अध्यक्ष भिमबहादुर पौडेलले बताए ।
वाटरपार्क भने बिहान १० वजेदेखी राती ११ वजेसम्म खुला रहने जनाईएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्