विराटनगरमा मनोचिकित्सक संघको राष्ट्रिय भेला, १८ देशका ३ सय चिकित्सक सहभागी हुँदै

विराटनगरमा मनोचिकित्सक संघको राष्ट्रिय भेला, १८ देशका ३ सय चिकित्सक सहभागी हुँदै

विराटनगर । नेपाल मनोचिकित्सक संघको आठौं राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको छ ।

आगामी कार्तिक ११ देखि १३ गतेसम्म विराट टिचिङ हस्पिटलमा मनोचिकित्सकहरूको राष्ट्रिय सम्मलेन हुने भएको हो । बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै आयोजक समितिले सम्मेलन बारे जानकारी गराएको छ । सम्मेलनमा १८ देशका देखिका ३ सय मनोचिकित्सकहरू सहभागी हुने आयोजक समितिका अध्यक्ष प्रा.डा. नवराज कोईरालाले बताए । तीन दिनसम्म चल्ने सम्मेलनमा मानसिक स्वास्थ्यको बिषयमा आवश्यक छलफल सहितको कार्यपत्र प्रस्तुत गरिने अध्यक्ष उनले जानकारी दिए । उनले भने, सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञ व्यक्तिहरूसँग मानसिक स्वास्थ्यमा बहुपक्षीय साझेदारी, चुनौती र अवसरहरूका बारेमा छलफल हुनेछ ।

मनोचिकित्सक संघले आफ्नो स्थापना कालदेखि नै सदस्यहरुको ज्ञान र सीपको संरक्षण, प्रवद्र्धन तथा अभिमुखीकरण गर्नुका साथै वैज्ञानिक ज्ञान र सीपको माध्यमबाट मानसिक रोगीहरुको सर्वसुलभ उपचार सेवा प्रदान गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्