स्यानिटरी प्याडको कर वढाएको विषयमा विरोध र्‍याली

स्यानिटरी प्याडको कर वढाएको विषयमा विरोध र्‍याली

इटहरी । योगदान राष्ट्रको लागी नामक संस्था सुन्दरहरैचा नगरसमितिले महिनावारी सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाले बिहीबार विहान सुन्दरहरचा ९ सलकपुरमा कार्यक्रमको आयोजना गरेको थियो । योगदान राष्ट्रका लागी मोरङ, पहिलो पाइला नेपाल सुन्दरहरैचा, नगर वाल सञ्जाल सुन्दरहरैचा, लियो क्लव अफ सुन्दरदुलारी को समन्वयमा स्यानिटरी प्याडको कर वढाएको विषयमा विरोध र्‍याली समेत सम्पन्न भएको छ । प्रदर्शनमा सहभागीहरुले महिनावरी प्रकृतीले दिएको बरदान हो, श्राप होइन, सेनिटरी प्याड निशुल्क गर, महिनावरी समस्या होइन जिम्मेवारी हो, आमाको रगतमा कर किन ? महिनावरी राष्ट्रका लागी किन भारी, रातो कर माफ गर लेखेका प्लेकार्ड बोकेका थिए ।

विरोध र्‍याली मोरङको सलकपुर चौकदेखी सुन्दरहरैचा नगरपालिका कार्यलयसम्म पुगेर समापन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्