विराटनगरकमा खोप लगाउनेको अत्याधिक भीड, भाईरस सर्ने उच्च जोखिम

विराटनगरकमा खोप लगाउनेको अत्याधिक भीड, भाईरस सर्ने उच्च जोखिम

विराटनगर ।

खोप केन्द्रमा कोरोना विरुद्धको खोप लगाउन पुगेका नागरिकहरुले स्वास्थ्य मापदण्ड नपनाउदा एक अर्कामा कोरोना भाईरस सर्ने उच्च जोखिम देखिएको छ ।

विराटनगर महानगरपालीकाले असोज १४ र १५ गतेको लागी कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाईरहेको छ । विराटनगरका १९ वटै वडाका विभिन्न वडा कार्यलय तथा प्रदायक स्थानहरुमा भेरोसेल खोप लगाईरहेको छ । तर खोप केन्द्रमा पुगेका आम नागरिहरुले भने स्वास्थ्य मापदण्ड नअपनाएका कारण कोरोना भाईरस सर्ने उच्च जोखिम देखिएको छ ।

नगर खोप समन्वय समिति विराटनगरले ४५ देखी ४९ उमेर समुह र यस भन्दा अगाडी ४९ बर्षमाथी उमेर समुहका खोप लिन छुटेका नागरिकलाई भेरोसेलको पहिलो खोपको व्यावस्था गरेको छ । त्यसैगरी १८ बर्ष माथी उमेर समुहका खोप लगाउनु छुट भएका विद्यार्थीलाई समेत भेरोसेलको पहिलो खोप लगाईरहेको छ ।

यसैगरी यसभन्दा अगाडी भेरोसेल पहिलो मात्रा लिएका र दोस्रो मात्राको लागी समय पुगेका नागरिकलाई पनि भेरोसेल लगाउने व्यावस्था गरेको विराटनगर महानगरपालीका शहरी स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

विराटनगर घर भई दशैको समयमा बाहिरबाट आउने नागरिकहरुले पनि खोप हान्न आएका कारण आज अन्यदिन भन्दा अलिक भिड भएको स्वास्थ्य प्रमुख कार्कीले बताउनुभयो । ‘खोप केन्द्रमा जनपथ प्रहरी , नगर प्रहरी खटाए पनि नागरिकहरु आफै सचेत नभएका कारण पनि खोप केन्द्रमा अन्य दिनभन्दा बढी भीड देखिएको हो कार्कीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्