विराटनगरसहित मोरङमा पौडेल–कोइराला समूहको बर्चश्व, संस्थापन देउवा पक्षलाई धक्का

विराटनगरसहित मोरङमा पौडेल–कोइराला समूहको बर्चश्व, संस्थापन देउवा पक्षलाई धक्का

विराटनगर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत मोरङमा सम्पन्न गाउँ–नगरको अधिवेशनमा पौडेल–कोइराला पक्ष बलियो देखिएको छ । मोरङमा पौडेल–कोइराला समूह विराटनगर महानगर सहित १२ र देउवा समूह ५ वटा स्थानीय तहमा विजयी भएको हो ।

विराटनगर महानगरको सभापतिमा दिपक चापागाई निर्वाचित भएका छन् । निकटतम प्रतिष्पर्धी संस्थापन पक्षका सन्तोष न्यौपानेलाई ४७ मत अन्तरले पराजित गर्दै चापागाँई सभापतिमा निर्वाचित भएका हुन् । महानगर सभापतिका लागि चारजनाबीच प्रतिष्पर्धा भएको थियो । पौडेल समूहबाट अरुण न्यौपानेको छुट्टै र समूह नखुलेपनि कृष्ण सिटौला नजिक मानिएका कृष्ण कार्कीको उमेदवारी थियो । कार्कीले १३३ र न्यौपानेले १२७ मत प्राप्न गरेका थिए ।

महानगरको उपसभापतिमा कोइराला समूहबाट इन्दु सुवेदी खतिवडा र निरज कोइराला, सचिवमा संस्थापनकी झुमा निरौला र कोइराला समूहका तेजिन्द्र भट्टराई, सहसचिवमा कोइराला समूहका दिवस नेपाल र सचिन पोखरेल संस्थापन समूहबाट निर्वाचित हुन ।
१७ वटा स्थानीय तहमध्ये तीनवटामा शुक्रबार र एउटामा शनिवार सर्वसम्मत भएको थियो । नयाँ नेतृत्व चयनका लागि १३ वटा स्थानीय तहमा शनिबार मतदान भएको थियो । मिक्लाजुङमा बबि राई निर्वाचित भएका छन । निर्वाचित राईले १३७ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी अरुणविक्रम बस्नेतले २१ मत प्राप्त गरे । निर्वाचित राई पौडल समूहका हुन । कटहरी पौडेल समूहका रामकुमार कामत ८३ मत प्राप्त गरी विजयी भएका छन । उनका निकटम प्रतिस्पर्धी हरिनारायण माझीले ४३ मत प्राप्त गरे । सभापतिका अर्का उम्मेदवार शम्भु साहले चार मत प्राप्त गरे ।

धनपालथानमा देउवा समूहका दीपकबीर पाण्डे सभापतिमा निर्वाचित भएका छन । पाण्डेले ८३ मत प्राप्त गरे । बेलबारी नगरपालिकाको नगर सभापतिमा पौडल समूहका छत्र लिम्बु १३६ मत प्राप्त गरि विजय भएका छन् भने देउवा समूहका शम्भु भट्टराईले ९४ मत प्राप्त गरे ।
कानेपोखरीमा पौडेल समुहका योगेन्द्र दाहाल ७३ मत प्राप्त गरी विजयी भएका छन् । देउवा समुहका दीपक चौलागाईले ७१ मत प्राप्त गरे । सुनवर्षी नगरपालिकामा कमल किशोर गनगाई निर्वाचित भएका छन । उनले १०५ मत ल्याए । उनका निकटतम प्रतिष्पर्धी महेश्वर राजवंशीले ८९ मत ल्याएका छन । सभापतिमा निर्वाचित गनगाई देउवा समूहका हुन ।

पथरीशनिश्चरेमा रुपनारायण भट्टराई निर्वाचित भएका छन । उनले ८२ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी लोकनाथ खरेलले ५८ मत ल्याए । सभापतिमा निर्वाचित भट्टराई पौडेल समूहका हुन । रंगेलीमा जगन्नाथ मण्डल २ मत अन्तरले निर्वाचित भएका छन् । उनले १०६ ल्याउँदा प्रतिष्पर्धी जितनारायण खवासले १०४ मत ल्याएका छन् । रंगेलीमा सभापतिमा दुवै उम्मेदवार देउवा समूहका थिए । सुन्दरहरैचामा पौडेल–कोइराला पक्षका भक्तिप्रसाद सिटौला निर्वाचित भएका छन् । उनले देउवा समूहका महेन्द्र धिमाललाई १०२ मत अन्तरले पराजित गरे । सिटौलाले १६९ मत प्राप्त गरेका थिए । लेटाङमा दिपकचन्द्र राई निर्वाचित भएका छन् । उनले ६० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी देवराज चाम्लिङले ५६ र अर्का प्रत्यासी ४१ मत प्राप्त गरेका छन् । सभापतिमा निर्वाचित राई पौडेल समूहका हुन ।

ग्रामथानमा तुलसी (किरण) विश्वास निर्वाचित भएका छन् । उनले ९३ मत प्राप्त गरे । उनका प्रतिष्पर्धी भूपनारायण माझीले ७२ र ग्रामथान १ को वडाध्यक्ष समेत रहेका नमोनारायण माझीले १७ मत प्राप्त गरेका हुन् । सभापतिमा निर्वाचित विश्वास देउवा समूहका हुन् । बूढीगंगामा जितनारायण थापा ७६ मत ल्याएर विजयी भएका छन । उनी पौडेल–कोइराला निकट हुन् । उनका निकटतम प्रतिष्पर्धी रेवतीनारायण चौधरीले ५४ मत ल्याएका छन् ।

यसअघि शुक्रबार जहदामा महेन्द्र मण्डल, उर्लाबारीमा सुरेन्द्र लिम्बु र केराबारीमा सभापतिमा प्रकाश बस्नेत निर्विरोध निर्वाचित भएका थिए । निर्विरोध निर्वाचित मण्डल देउवा, लिम्बु र बस्नेत पौडेल–कोइराला समूहका हुन् । शनिवार सर्वसम्मत भएको रतुवामाईको सभापतिमा पोष्टबहादुर बस्नेत निर्विरोध भएका थिए । उनी पौडेल–कोइराला निकटका नेता हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्