राष्ट्रियसभाका पूर्वसदस्य अग्रवालको निधनमा नेपाली कांग्रेसद्वारा श्रद्धान्जली ब्यक्त

<span class='c1'>राष्ट्रियसभाका पूर्वसदस्य अग्रवालको निधनमा</span> <span class='c2'>नेपाली कांग्रेसद्वारा श्रद्धान्जली ब्यक्त</span>

कलैया।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले राष्ट्रियसभाका पूर्वसदस्य विश्वनाथ अग्रवालको ८८ वर्षको उमेरमा भएको निधनले पार्टीलाई ठूलो क्षति पुगेको बताउनु भएको छ ।

विभिन्न रोगबाट थाला पर्नुभएका अग्रवालको शनिबार राति निधन भएको थियो । बाराको सदरमुकाम कलैयामा आज स्व. अग्रवालको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाई अन्तिम श्राद्धाञ्जलि अर्पण गर्दै नेता रिजालले मुलुकमा प्रजातन्त्र ल्याउन अग्रवालले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभयो ।

सोही पार्टीका केन्द्रीय सदस्यद्वय फरमुल्लाह मंसुर तथा राधेचन्द्र यादव, बारा जिल्ला सभापति जयचन्द्र चौरसिया, संविधानसभा सदस्य शोभाकर पराजुली लगायतले श्राद्धाञ्जलि दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्