‘प्राइड क्लिक्स’ एप्लिकेशन लञ्च

‘प्राइड क्लिक्स’ एप्लिकेशन लञ्च

इटहरी । प्राइड हस्पिटालिटी प्रा.लि. ले अनलाईन पद्धतिबाट होटल बुकिङको सेवा प्रवाहलाई लक्षित गर्दै ‘प्राइड क्लिक्स’ एप्लिकेशन लञ्च गरेको छ ।

शनिबार इटहरीको गोर्खा होटलमा एक कार्यक्रमको आयोजना गरि एप्लिकेशन लञ्च गरेको हो । प्राइड क्लिक्स एप्लिकेसनमा अनलाइनद्धारा होटल सम्बन्धि सम्पुर्ण सेवाहरु चौबिसै घण्टा लिन सकिने जनाईएको छ । एप्लिकेशनमा सुचिकृत होटलहरुले आफ्ना सम्पुर्ण सेवा सुविधाहरु अनलाईन माध्यमबाटै प्रचारप्रसार गर्न सक्ने तथा त्यस बापतको रकम ग्राहकले एप्लिकेशन मार्फत नै माध्यमवाट भुक्तानी गर्न सक्ने व्यवस्था मिलाईएको छ ।

साथै हरेक पटकको सेवा लिएबापत ग्राहकले रिवार्ड प्वाईन्ट पाउनेछन् । जसलाइ ग्राहकले आफ्नो बसाईको अवधिमा प्रयोग गर्न सकिने समेत जानकारी दिइएको छ । यस प्राइड क्लिक्समा होटल सम्बन्धि सबै सेवाहरु सरल तरिकाले हेर्न, बुक गर्न र कन्फर्म गर्न सकिन्छ । नेपालको हरेका भागका होटलहरुलाइ समेटेर काम गर्ने उद्देश्यका साथ प्राइड क्लिक्स ल्याईएको अध्यक्ष नितेश पोख्रेलले बताए । पुर्व पनि आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएकाले यस्ता प्रविधिहरु सहयोेगी साबित हुने उनले जानकारी दिए ।

पुर्वमा शनिबार लञ्च भएको यस एप्लिकेशनमा नेपालका मुख्य पर्यटकीय स्थल पोखरा, काठमाण्डौ र चितवनका थ्री स्टार र फाइभ स्टार गरि ८० वटा होटलहरु सुचिकृत भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्