रक्तदान कार्यक्रम गरि १८ पिन्ट रगत संकलन

रक्तदान कार्यक्रम गरि १८ पिन्ट रगत संकलन

विराटनगर । नेकपा एमाले विराटनगर वडा नं. ११ शाखा कमिटीले रक्तदान कार्यक्रमको आयोजना गरि १८ पिन्ट रगत संकलन गरेको छ ।

कमिटीले शनिबार विराटनगर ११ स्थित अरुणोदय आधारभुत विद्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोग रहेको कार्यक्रममा समाजसेवी पदम श्रेष्ठ, शाखा कमिटी अध्यक्ष ममता प्रधान, सचिव रुपेश बराल, वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने र वडा इन्चार्ज सुरज श्रेष्ठ लगायतले जिन्सी सहयोग गरेका थिए ।

कार्यक्रममा भने वडा सदस्य र शाखा कमिटी सदस्य सहित स्थानीय बुद्धिजीवी लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्