इटहरी उप–महानगरद्वारा चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता

इटहरी उप–महानगरद्वारा चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता

इटहरी । इटहरी उप–महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिएको छ ।

आईतबार उप–महानगरले इटहरी बजारका ९ वटा खाद्यान्न तथा किराना पसलको अनुगमन गरेको छ । उप–महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधि र नेपाल प्रहरी सहितको टोलीले पसलको अनुगमन गरेको हो । अनुगमनका क्रममा ५ पसलमा लेबलिङ्ग नगरि समान बिक्री गरेको र ३ पसलको दर्ता नवीकरण नभएको पाईएको छ । अनुगमनका क्रममा पसल नविकरण गर्न र लेवल गरेर मात्र समान बेच्न निर्देशन दिइएको छ । इटहरीमा अब नियमित रुपमा वजार अनुगमन गरिने उप–महानगरको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवल किशोर भट्टराईले बताए ।

इटहरीमा समय–समयमा भएका बजार अनुगमनका कारण डेट एक्पाएर भएका सामान थन्क्याउन छुट्टै ठाँउको व्यवस्था गर्न थालिएको, लेवल लगाएर मात्र समान बेच्न थालिएको र अन्य पक्षमा पनि क्रमिक सुधार आएको उप–महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्