ॐ वेलनेस अस्पताल विराटनगरमा बिरामीको चाप बढ्दो

ॐ वेलनेस अस्पताल विराटनगरमा बिरामीको चाप बढ्दो

विराटनगर।

प्राकृतिक चिकित्सा बिधिबाट नसा रोग, मधुमेह , उच्चरक्तचाप, पायल्स, डिप्रेसन तथा मोटोपन जस्ता दीर्घकालीन रोगहरुको सरल र सर्वसुलभ शुल्कमा बिरामीको उपचार गर्दै आएको ॐ वेलनेस अस्पताल विराटनगरमा बिरामीको चाप बढ्न थालेको छ ।

अत्याधुनिक मेसिन तथा जडिबुटीको प्रयोगबाट उपचार गरिने यस पद्धतिमा कुनै असर बिना अन्य उपचार पद्धतिको तुलनामा सस्तो हुने अस्पतालका प्रमुख कार्यकारी अधिकृत सेवक बजगाइले जानकारी दिए ।

बिराटनगर २ सौगात मार्गमा रहेको यस अस्पताल पछिल्लो समय उपचारका लागि बिरामीको रोजाइमा पर्दै गएको छ ।

अर्थोपेडिक पुनःस्थापना न्युरो पुनःस्थापना स्पोर्ट्स इन्ज्योरी पुनस्थापना बृद्ध बृद्धाहरुको उपचार सेवा लगायतका सेवा अस्पतालले उपलब्ध गराएका कारण पनि अस्पतालमा बिरामीको चाप बढेको हो ।

बिराटनगर मात्र नभएर मोरङ, झापा ,र सुनसरिका विभिन्न स्थानबाट समेत बिरामीहरु उपचारका लागि आउने गरेको अस्पताल प्रशाशनले जानकारी दिएको छ ।

काठमाडौको वेलनेश अस्पतालको प्राबिधिक सहयोगमा संचालित अस्पताल प्रति जनबिस्वास बढीरहेको छ । बिरामीको सुबिधालाई ध्यानमा राख्दै आवास सहितको सेवा समेत अस्पतालले दिईरहेको छ ।

अहिलेको भागदौड र ब्यस्त जिवनशैलिका कारण देखा परिरहेका विभिन्न समस्यालाई निदान गर्नका लागि जीवन शैलि तथा डाइट न्युट्रीशन कन्सल्टेशनको सेवा समेत अस्पतालले दिईरहेको छ ।

कोरोना कहर साम्य भए पश्चात् मोरङका विभिन्न स्थानमा निशुल्क स्वास्थ शिविर समेत संचालन गर्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत बजगाइले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्