श्री एयरलाइन्सको जहाज चिप्लिएर घांसेमैदानमा,यात्रु सबै सकुशल

श्री एयरलाइन्सको जहाज चिप्लिएर घांसेमैदानमा,यात्रु सबै सकुशल

काठमाडौं ।

त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ । नेपालगञ्जका लागि उड्न लागेको (एनएएनएफ) कल साइन भएको क्यु ४००-८ जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर गएको छ । जहाज धावनमार्गमा नभएको कारण अन्य उडान भने सञ्चालन भइरहेकाे छ ।

विमानस्थल स्रोतले बताए अनुसार जहाज धावनमार्गमा जाने क्रममा पार्किङ क्षेत्रमै गुड्दागुड्दै घाँसे मैदानतिर चिप्लिएको हो । जहाजमा कुनै क्षति भएको छैन । पाङ्ग्रा भने ट्याक्सिवेबाट बाहिर गएको हो ।

यात्रुलाई अर्को जहाजमा पठाउने तयारी गरिएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । उक्त जहाजमा चालक दलका चार सदस्यसहित ८० जना सवार रहेका थिए ।
- नागरिक अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्