प्रदेश १ मा १९२ जनामा कोरोना संक्रमण

प्रदेश १ मा १९२ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९२ जनामा कोरोना संक्रमण भएको छ । ७०७ जनाको पीसीआर परीक्षण गर्दा १३२ र ३१८ जनाको एन्टिजेन परीक्षण गर्दा ६० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ५६, मोरङमा ५३, सुनसरीमा १७, इलाम, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।

झापाको कनकाईमा १३, विर्तामोडमा ११, दमकमा १०, भद्रपुरमा ९, मेचीनगर र अर्जुनधारामा ५–५, बुद्धशान्तिमा २, शिवसताक्षीमा १, मोरङको विराटनगरमा ४१, पथरीशनिश्चरेमा ३, उर्लाबारी, बुढीगंगा र स्थानीय तह नखुलेका २–२, रतुवामाई, सुन्दरहरैचा र केराबारीमा १–१, सुनसरीको इटहरी र धरानमा ६–६, दुहवीमा २, रामधुनी, इनरुवा र स्थानीय तह नखुलेका १–१, इलामको चुलाचुली, धनकुटाको पाख्रिबार र उदयपुरको कटारीमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको हो ।

प्रदेश १ मा आज १८२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १०३ महिला र ७९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्