यसरी मनाइयो ६६ औं प्रहरी दिवस विराटनगरमा ; फोटो फिचर सहित

यसरी मनाइयो ६६ औं  प्रहरी दिवस  विराटनगरमा ; फोटो फिचर सहित

विराटनगर ।

प्रदेश नम्बर १ प्रहरी कार्यालय बिराटनगर तथा मातहत प्रहरी कार्यालयहरुले अमर प्रहरीहरुलाई श्रद्धाञ्जली दिनुका साथै विबिध कार्यक्रमहरुको आयोजना गरी “६६ औं प्रहरी दिवश २०७८” मनाएको छ ।

प्रहरी दिवसको अवसरमा यस अघि बिबिध खेलकुद, दिपावली, रक्तदान, सार्वजनिक स्थल सरसफाई, लगायतका कार्यक्रमहरुको आयोजना गरिएको थियो ।

प्रदेश नं १ . प्रहरी कार्यालयमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि १ नम्बर प्रदेशका मुख्यमन्त्री भीम प्रसाद आचार्य, आन्तरिक मामिला तथा कानून राज्यमन्त्री लिला बल्लभ अधिकारी, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी. लगायतको उपस्थितमा प्रदेश १ प्रहरी कार्यालयमा अवस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण समेत गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथी १ नं. प्रदेशका मुख्य मन्त्री भीम प्रसाद आचार्यले कर्तब्य पालनाको शिलशिलामा गत बर्ष यस प्रदेश अन्तरगतमा वीरगती प्राप्त गर्नु हुने अमर प्रहरीका परिवारहरुलाई नगद तथा कदर पत्रद्वारा सम्मान गर्नु भएको थियो ।

साथै नयाँ भवन निर्माणार्थ आफ्नो अमुल्य जग्गा निःशुल्क प्रदान गर्नु हुने जग्गादाता महानुभावहरुलाई कदर–पत्र र देशभरमा कार्यरत उत्कृष्ट मध्ये यस प्रदेशका प्रहरी कर्मचारीहरुलाई पुरस्कार प्रदान गर्नु भएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथी प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री लिला बल्लभ अधिकारीले एसइई परिक्षामा उत्कृष्ट अंक ल्याउने पुर्व तथा बहालवाला प्रहरीका सन्ततीहरुलाई छात्रवृतीबाट पुरस्कृत गर्नुका साथै प्रदेश १ प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु मध्ये विविध क्षेत्रहरुमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार प्रदान गर्नु भएको थियो ।

पुरस्कार बितरण पश्चात कार्यक्रममा मन्तव्य राख्नु हुँदै मुख्यमन्त्री एवं आन्तरिक मामिला तथा कानून राज्यमन्त्रीले देश र जनताको सेवा र सुरक्षार्थ आफ्नो कर्तव्य पालनाको सिलसिलामा वीरगती प्राप्त गर्ने वीर अमर प्रहरीहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आम नागरीकको सुरक्षामा २४ सै घण्टा तल्लिन नेपाल प्रहरीले हरेक नागरीकहरुको मन मस्तिस्कमा रहन सफल भई सकेको हुँदा थप संवेदनशिल भई काम गर्न हौशला प्रदान गर्नु भयो ।

प्रदेश नं १ . प्रहरी श्रीमती संघकी अध्यक्ष चारु कोईराला बि.सी.ले अमर प्रहरी परिवारजनहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । तर दोसल्ला ओढाईरहदा अमर परिवारका सदस्यहरुको भने केहीबेर आँखामा आशुका धाराहरु बगिरहेका थिए ।

यता कार्यक्रममा प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले प्रमुख अतिथी लगायत उपस्थित सम्पूर्ण महानुभावहरुमा धन्यवाद तथा शुभकामना ज्ञापन गर्नुहुँदै आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा प्राण उत्सर्ग गर्ने बहादुर र कर्तव्यपरायण नेपाल प्रहरीका अमर तथा वीर सपूतहरुको सम्झना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।

साथै कर्तव्यपालनको क्रममा घाइते भएका प्रहरी कर्मचारीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै अग्रज तथा अमर प्रहरीको त्याग र बलिदानले दिएको जिम्मेवारीलाई पूरा गर्नु पर्ने दायित्व आजको दिनमा हाम्रो काँधमा रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश सरकारका उच्च पदस्थ कर्मचारीहरु, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, स्थानीय समाजसेवी, अमर प्रहरी परिवारजनहरु, पूर्व प्रहरीहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, पत्रकारहरु, मानवअधिकारकर्मी लगायत विभिन्न कार्यालयका प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्