मोरङ प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना : सीमामा कडाई, शहरमा निगरानी गर्न १२ प्रकारको सुरक्षा तैनाथी

मोरङ प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना : सीमामा कडाई, शहरमा निगरानी गर्न १२ प्रकारको सुरक्षा तैनाथी

विराटनगर । मोरङ प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना कार्यन्वयनमा ल्याएको छ । प्रदेश राजधानी विराटनगरसहित जिल्लाभर एक हजार ४०० प्रहरी परिचालन गरि सुरक्षा योजना कार्यन्वयनमा ल्याईने भएको हो ।

प्रहरीले सीमामा हुने चोरी–तस्करीमा कडाई गर्दै शहरमा हुनसक्ने अवाञ्छित गतिविधिको विशेष सुरक्षा निगरानी बढाउने योजना अगाडी सारेको छ । अपराधिक एवं अवात्तिछत क्रियाकलापहरु जुवा तास खेल्ने\खेलाउने, चोरी, पाकेटमारी, डकैती÷लुटपाट, कालोबजारी, सवारी दुर्घटना, हातहतियार, लागुऔषध, आतिसबाजी ओसारपसार, मादक पदार्थ सेवन गरेर हनुसक्ने उच्छृङ्खल गतिविधि नियन्त्रण गर्ने सुरक्षा योजना अगाडी सारिएको हो ।

प्रहरीले धार्मिक स्थलहरु, बजार एरिया (मुख्य बजार पसल), बसपार्क, सरकारी कार्यालयहरु, निजी घर (निवासहरु, सुनचांदी पसल, आर्थिक कारोवार हुने क्षेत्र (बैंक वित्तीय संस्था), एटीएम स्टेशन, सपिङ्ग सेन्टर, महत्वपूर्ण प्रतिष्ठानहरु, राजमार्ग, सिमा क्षेत्र, भिभिआईपी र भिआईपी निवासमा विशेया निगरानी बढाउन प्रहरी परिचालन गर्ने भएको छ ।

यसका लागि १२ प्रकारका गस्तीहरुमा प्रहरी परिचालित गरिने भएको छ । प्रहरीले ड्यूटीमा खटाउने प्रकारमा पिकेटिङ्ग, पैदल तथा सवारी गस्ती (मोटरसाइकल\साइकल), सूचना संकलन (सादा पोशाक), ड्यूटी चेकिङ्ग र व्यवस्थापन, क्वारेन्टाइन र आईसोलेशन केन्द्रको सुरक्षा, सरप्राइज चेकिङ्ग, ट्राफिक प्रहरीसहितको चेकिङ्ग, मादक पदार्थ सेवन गरेको चेकिङ्ग, सीमा चेकिङ्ग र क्वीक रेस्पोन्स टिम परिचालन गर्ने भएको हो । प्रहरीले सरोकारवालासँगको समन्वयमा बजारमा हुने संभावित कालोबजारीलाई समेत विशेष निगरानी गर्ने मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी ट्राफिक प्रहरीसहित यात्रु सहायता कक्ष स्थापना गरिने भएको छ । विराटनगर बसपार्क, रानी २ नं.ढाट, गछिया बस स्टेण्ड, रंगेली बस स्टेण्ड, उर्लाबारी बस स्टेण्डमा यात्रु सहायता कक्षमार्फत चाडपर्वमा यात्रा गर्नेहरुलाई सहजीकरण गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीले यो योजना असोज १७ गतेदेखि कार्तिक २५ गतेसम्म लागू गर्नेछ । प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्रेष्ठले चाडपर्व लक्षित सुरक्षा योजना कार्यन्वयनका लागि नागरिकसँग समेत सहयोग लिने बताउनुभयो । शंकास्पद अवस्था देखिएको खण्डमा प्रहरीलाई खबर गरिदिन समेत उहाँले आग्रह गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्