पासो लागेर झुण्डीएको अवस्थामा एक युवती मृत फेला

<span class='c1'>पासो लागेर झुण्डीएको  अवस्थामा</span> <span class='c2'>एक युवती मृत फेला</span>

राजविराज।

सप्तरीको रुपनी गाउँपालिका ६ स्थित शनि मन्दिर नजिकै रहेको जंगलमा बुधबार एक युवती मृतावस्थामा भेटिएकी छिन् । रुपनी गाउँपालिका २ रायपुरका खेलानन्द चौधरीकी २० वर्षिया छोरि चाँदनी चौधरी रुखको हाँगामा पासो लागेर झुण्डीएको अवस्थामा मृत फेला परेकी प्रहरीले जनाएको छ।

घाँस काट्न गएका स्थानीयवासीले युवती झुन्दिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव परिक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल लगिएको स्थानीयवासीले जानकारी दिए। साथै घटनाबारे थप अनुसन्धान भैरहेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधब प्रसाद काफ्लेले जानकारी दिए। मृतक युवती गत शनिबारदेखि घरबाट बेपत्ता भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्