किराँत याक्थुङ चुम्लुङ मोरङद्धारा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

<span class='c1'>किराँत याक्थुङ चुम्लुङ मोरङद्धारा</span> <span class='c2'>जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति</span>

कानेपोखरी । किराँत याक्थुङ चुम्लुङ मोरङले कानेपोखरी र उर्लाबारीका दुई सामुदायिक विद्यालयका तीन जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ। कानेपोखरी ७ मा रहेको जनकल्याण माध्यमिक विद्यालयमा बुधबार एक कार्यक्रमको आयोजना गरि सो छात्रवृत्ति प्रदान गरिएको हो ।

उर्लाबारी ९ मा रहेको सार्वजनिक माध्यमिक विद्यालयका कक्षा ४ मा अध्ययनरत छात्र नामाहाङ लिम्बूलाई ८ हजार, जनकल्याण माध्यमिक विद्यालय कानेपोखरी ७ मा अध्ययनरत कक्षा ४ कि छात्रा छाँया लिम्बू र कक्षा १० का छात्र डेकराम लिम्बूलाई जनही ५-५ हजार रूपैयाँका दरले जेहेन्दार विद्यार्थी छात्रवृत्ति प्रदान गरिएको किराँत याक्थुङ चुम्लुङ मोरङ अध्यक्ष बिवेक लिम्बुले बताए ।

उनले यी विद्यार्थीहरूको मेहेनत सधैं कायम रहिरहोस र शैक्षिक स्तरमा सुधार ल्याउनका लागि स्वस् प्रोत्साहित होउन भनेर जेहेन्दार छात्रवृत्ति प्रदान गरिएको जानकारी दिए । कार्यक्रममा किराँत याक्थुङ चुम्लुङ मोरङका पुर्व सहसचिव जयराज संयोक, जिल्ला सल्लाहकार शेरबहादुर लिम्बू, जनकल्याण माविका प्रधानाध्यापक पुष्प सुवेदी, सन्तोष फुयल, डम्बर लिम्बू, योवहाङ लिम्बू, विद्यालयका विद्यार्थी, शिक्षक लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

विद्यार्थीहरूलाई उक्त पुरस्कार स्वरूप दिइएको रकम किराँत याक्थुङ चुम्लुङ इजरायल र जापानबाट प्राप्त भएको किराँत याक्थुङ चुम्लुङ मोरङ अध्यक्ष लिम्बुले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्