फिक्कलमा नेपाल र भारतका टिम सम्मिलित फुटसल प्रतियोगिता सुरु

फिक्कलमा नेपाल र भारतका टिम सम्मिलित फुटसल प्रतियोगिता सुरु

इलाम । इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा बिहीबारबाट कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिता सुरु भएको छ ।

कान्दुक रिक्रिएसन सेन्टरको आयोजना र सूर्योदय नगर खेलकुद विकास समितिको सहयोगमा प्रतियोगिता सुरु भएको हो । आगामी २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको छ । यसमा भारतका पनि २ टिम छन् । ४० बर्षमाथिका भेट्रानहरु बिच हुने प्रतियोगितामा भारत दार्जिलिङको २ टिम सहित सूर्योदय नगरपालिका भित्रका ४ टिम तथा इलाम नगरपालिका र रोङ गाउँपालिकाको एक/एक टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा सुकिया भेट्रान्स दार्जिलिङ, इलाम भेट्रान्स, दार्जिलिङ भेट्रान्स, सूर्योदय भेट्रान्स, भेट्रान्स रोङ–११ आहाले भेट्रान्स, पेम्वा सेभेन र युनाइटेड भेट्रान्सले सहभागिता जनाउनेछ । प्रतियोगिताको पहिलो दिन आज पहिलो चरणको ४ खेल भएको छ । प्रतियोगिताको उद्धघाटन खेलमा पाहुना टोली सुकियाले इलाम भेट्रान्सको सामना गरेका छन् । आहाले भेट्रान्सले पेम्वा सेभेन, सूर्योदय भेट्रान्सले भेट्रान्स रोङ–११ तथा दार्जिलिङ भेट्रान्सले युनाइटेड भेट्रान्सको सामना गरेका छन् । कान्दुक रिक्रिएन सेन्टरको फूटसल मैदानमा हुने प्रतियोगिताको विजेताले ३५ हजार ५ र उपविजेताले १६ हजार ५ रुपैंयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

खेलको माध्यमबाट सूर्योदय नगरपालिका र पर्यटन प्रर्वद्धन हुने आयोजक कान्दुक रिक्रिसनका सञ्चालक रुपेन गुरुङले बताए । भेट्रान्सहरुलाई समेत खेलकुदमा प्रेरित गराउनका लागि ४० बर्ष माथिकाहरुलाई सहभागि गराएर प्रतियोगिता आयोजना गरिएको उनले जानकारी दिए । ‘भुटानको टिम समेत सहभागिता गराउने लक्ष्य भएपनि प्राविधिक समस्याका कारण सम्भव भएन’, उनले भने, ‘निकटतम भविष्यमा त्रिदेशीय प्रतियोगिता आयोजना गर्ने तयारी छ ।’

यसअघि इलाममा भने गत महिना सूर्योदय नगरपालिका स्तरीय फुटसल प्रतियोगिता आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्