भायनेट विराटनगरद्वारा दशैं विशेष कार्यक्रम आयोजना

भायनेट विराटनगरद्वारा दशैं विशेष कार्यक्रम आयोजना

विराटनगर।

आकृति रानी फुयल ।

इन्टरनेट सेवा प्रदायक कम्पनि भायनेट कम्युनिकेशनले विराटनगरमा हिजो चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ।

विगत २१ वर्षदेखि आफ्ना ग्राहकहरुलाई निरन्तर इन्टरनेटको सेवा प्रदान गर्दै आएको यस कम्पनिले विराटनगरस्थित ब्याकयार्ड रेष्टुरेन्ट एण्ड बारमा सो कार्यक्रम गरेको बिराटनगरका सेल्स इन्चार्ज राजिव मान प्रधानले जानकारी दिए।

२०७८ सालको बडा दशै, तिहार तथा छठ पर्वको सुखद उपलक्ष्यमा भायानेट कम्युनिकेशन प्रा. लि. बिराटनगर शाखाद्वारा आयोजित दशैं विशेष कार्यक्रमको प्रमुख अतिथिमा प्रदेश न. १ का सभासद केदार कार्की तथा बिशिष्ट अतिथिका रुपमा बिराटनगर महानगरपालिकाका नगर प्रमुख भिम पराजुलीको उपस्थिति रहेको भायनेट कम्युनिकेसनका प्रदेश नम्बर १ का प्रमुख प्रफुल थापाले जानकारी दिए ।

त्यसैगरी टिकटकबाट सबैको मन जित्न सफल बिराटनगरको भाइरल जोडी सुरज -सिमा ,बिराटनगरकि उदयीमान नायिका तथा मोडल शिक्षा संग्रौला ,ओबी मिडिया प्रा .लिका निर्देशक सरोज कार्की , क्विकर फुड डेलिभरीका संचालक सरोज लम्साल ,लाइभ नेपाल अनलाइन टिभीका तर्फबाट सोनु शर्मा लगायत विभिन्न मिडियाका प्रतिनिधिहरुका साथै कम्पनीका सम्पूर्ण कर्मचारीहरुको उपस्थित रहेको भायनेट कम्युनिकेसनका प्रदेश १ प्रमुख थापाले बताए ।

उक्त कार्यक्रमको सभापतित्व भायानेट कम्युनिकेशन प्रा. लि प्रदेश न १ का प्रमुख प्रफुल थापाले गरेका थिए। कार्यक्रममा बोल्दै प्रमुख थापा ले भायानेट कम्युनिकेशन प्रा. लि.को इन्टरनेट तथा आईपीटिभि सर्विस हाल प्रदेश न. १ का मोरंग, सुनसरी तथा झापा जिल्लाहरुमा उपलब्ध रहेको तथा निकट भबिष्यमा अन्य पहाडी तथा दुर्गम जिल्लाहरुमा पनि आफ्नो इन्टरनेट सेवाको संजाल विस्तार गर्दै ग्राहकहरुलाइ सर्व सुलभ ढंगबाट आफ्ना सेवाहरु उपलब्ध गराउने प्रतिबदत्ता ब्यक्त गरे । आयोजकका तर्फ़बाट उपस्थित सबैलाइ साँझको जलपानको पनि व्यवस्था गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्