यार्सागुम्बा सहित २ जना पक्राउ

<span class='c1'>यार्सागुम्बा सहित २</span> <span class='c2'>जना पक्राउ</span>

इटहरी । सुनसरीको ईटहरी उप–महानगरपालिका–६ धरान लाईनबाट दुर्लभ बनस्पती यार्सागुम्बा सहित २ जना पक्राउ परेका छन् । दुर्लभ बनस्पती यार्सागुम्बाको अबैध रुपमा कारोवार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा प्रादेशिक अनुसन्धान समूह विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीवाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा खोटाङ रावावेशी गाउँपालिका–४ का २७ बर्षीय समिर गुरुङ र संखुवासभाको चैनपुर नगरपालिका–४ का ३२ बर्षीय श्याम कुमार लिम्बुलाई ३ केजी दुर्लभ बनस्पती यार्सागुम्बा सहित पक्राउ गरेको हो । यार्सागुम्बा सहित पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको लागि तरहरा सव डिभिजन वन कार्यालय पठाइएको छ । थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्