सुरक्षा गार्डलाई गोली हानेर मोरङको कर्सियास्थित सिटिजन बैंकको शाखामा लुटपाट

<span class='c1'>सुरक्षा गार्डलाई गोली हानेर मोरङको</span> <span class='c2'>कर्सियास्थित सिटिजन बैंकको शाखामा लुटपाट</span>

विराटनगर । मोरङको धनपालथान गाउँपालिकास्थित कर्सिया बजारको सिटिजन बैंकमा लुटपाट भएको छ । स्थानीयका अनुसार पाँचजनाको समूहमा आएका लुटेरा समूहले बैंकका सुरक्षा गाडीमाथि तीन गोली चलाएर बैंकमा लुटपाट गरेको हो ।

दिनदहाडै बैंक लुटपाट भएपछि स्थानीय त्रसित भएका छन् । घटनापछि कर्सियाका स्थानीयले असुरक्षित महसुश गरेका छन् । सीमा क्षेत्रबाट अवैध कारोबार बढ्दै गएको बताउँदै प्रशासनले समयमै ध्यान नदिदाँ घटना भएको स्थानीयले आरोप लगाएका छन् । ।

प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको छ । मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले एकजनालाई गोली लागेको पुष्टि गर्दै अनुसन्धान थालिएको बताउनुभयो । स्थानीयले भने पाँचजनाको समूहमा आएका लुटेराहरुमध्ये दुईजना तल र दुईजना माथि बसेर काउन्टरसम्म पुगेको बताएका छन् । यद्यपी घटनाको बारेमा थप जानकारी भने आउन बाँकी नै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्