विराटनगरमा लिबर्टी फिल्म स्क्रिनिङ सम्पन्न

विराटनगरमा लिबर्टी फिल्म स्क्रिनिङ सम्पन्न

विराटनगर । विराटनगरमा सञ्चालित ५ दिने फिल्म मेकिङ तालिमका सहभागीहरुले तयार पारेको चलचित्र प्रदर्शन गरिएको छ ।

सोमबार विराटनगरस्थित हिमालय दर्शन कलेजमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको प्रदर्शन गरिएको हो । कार्यक्रममा समसामयिक बिषयवस्तु, सार्वजनिक नीति, अर्थ, राजनीति र व्यक्तिगत तथा आर्थिक स्वतन्त्रताका बिषयलाई समेटेर बनाईएका ४ वटा छोटो चलचित्रहरु प्रर्दशन गरिएका थिए । विकल्प एन अल्टरनेटिभले एटलस नेटवर्कको सहयोगमा भदौ २५ देखि २९ गतेसम्म विराटनगरमा ५ दिने फिल्म मेकिङ तालिम सञ्चालन गरेको थियो । तालिममा २३ जनाले सहभागिता जनाएका थिए । सोमबार उनीहरुले नै तयार पारेको सर्ट मुवी स्क्रिनिङ गरिएको हो ।

सहभागीहरुले बनाएको पहिलो चलचित्र ‘अभिव्यक्ति’ स्वतन्त्रता पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताको बिषयसँग सम्बन्धित थियो । जसमा स्वतन्त्र रुपले आफ्नो विचार राख्न पाउने बिषयलाइ प्राथमिकतामा राखिएको थियो । सहभागीहरुद्वारा तयार पारिएको दोस्रो चलचित्र ‘बेतिथी’ मा लकडाउनको समयमा सामान्य नागरिकहरुले दैनिक जीवनमा भोग्नुपरेका समस्या लगायतका बिषयवस्तुमा केन्द्रित गरिएको थियो । यस्तै तालिममा सहभागी तेश्रो समुहले ‘बाध्यता’ नामक चलचित्र तयार पारेका थिए । उक्त चलचित्रमा पनि कोभिड–१९ को महामारी र त्यसले आम जनसमुदायको जीवनयापनमा पारेको प्रभावलाई दर्शाइएको थियो । यसैगरि तालिममा सहभागी चौथो समुहले ‘प्रतिस्पर्धा’ नामक चलचित्र निर्माण गरेका थिए । सो चलचित्रमा राज्यको झन्झटिलो नियम/कानुन, प्रक्रियागत जटिलता र बजारको प्रतिस्पर्धाको बिषयलाई देखाईएको थियो ।

कार्यक्रममा भने वेकअप कफीका निर्देशक अभिनायक मल्ल, भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाका अध्यक्ष दिनेश श्रेष्ठ, पुर्वाञ्चल युनिभर्सिटीका एसोसिएट प्रोफेसर डा. सन्देश दास श्रेष्ठ, हिमालय दर्शन कलेजका फाउन्डर भेषराज पोखरेल, प्रिन्सिपल भरत सापकोटा, उद्योग संगठन मोरङका पुर्व–उपाध्यक्ष राकेश सुराना, कालोपर्दाका संस्थापक सबिन घिमिरे र नेपाल टाइम्सका डाइरेक्टर सैहेन्शा सिद्दिकी लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्