कर्सियामा बैंक लुट्ने दुई नेपालीसहित ६ जना भारतीय, लुटिएको रकम यकिन गरिदैं

कर्सियामा बैंक लुट्ने दुई नेपालीसहित ६ जना भारतीय, लुटिएको रकम यकिन गरिदैं

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–२ कर्सियामा सिटिजन बैंकको शाखामा सोमबार लुटपाट गर्ने समूहलाई खोज्न प्रहरीको ठूलो फोर्स परिचालन भएको छ । लुटपाटमा संलग्न ८ जनामध्ये तीनजना बाहेक बाँकी एक नेपालीसहित पाँचजना भारततर्फ फरार भएपछि प्रहरीले विशेष टोलि खटाएको हो । प्रहरीले घटनामा संलग्न सबैको पहिचान गरिसकेको छ । हिजो एक नेपालीसहित दुईजना भारतीय पक्राउ परेपछि बाँकीको पहिचान खुलेको हो ।

अब एक नेपाली र चारजना भारतीय नागरिक संलग्न छन् भन्ने खुलेको छ, मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले भन्नुभयो–त्यसका लागि भारतमा प्रहरी पठाएका छौं । नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा उनीहरुलाई नियन्त्रणमा लिने गरि समन्वय गरेको हो ।

बैंकमा लुटपाटमा कति रकम लगेको भन्ने विषय भने अझै खुलेको छैन । प्रवक्ता श्रेष्ठले बैंकबाट पैसा लुटिएको पुष्टि गर्दै त्यसको हिसाब मागिएको बताउनुभयो । बैंकले अहिले लुटिएको पैसाको हिसाब निकाल्ने काम गरिरहेको छ, प्रवक्ता श्रेष्ठले भन्नुभयो–अनुसन्धानका लागि चाँडो विवरण बुझाउन भनेका छौं ।

कर्सियाको सिटिजन बैंकमा प्रवेश गरेका लुटेरा समूहले त्यहाँ रहेका सुरक्षा गार्ड सितल कुमाललाई गोली प्रहार गरेपछि काउन्टरमा एटट्याक्क गरेर रकम लुटेका थिए । तर, अहिलेसम्म कति रकम लुटियो भन्ने बैंक प्रशासनले प्रहरीलाई विवरण बुझाएको छैन । रकम लुटिएको प्रारम्भिक अनुसन्धानबाट खुलिसकेको छ । पक्राउ पर्नेहरुसँगको बयानमा लुटिएको रकम बोकेका व्यक्ति भारततर्फ प्रवेश गरेको खुलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्