यसरी भित्र्याइयो रंगेलीको संन्सरीमाई मंन्दिरमा फूलपाती (तस्वीरसहितं)

यसरी भित्र्याइयो रंगेलीको संन्सरीमाई मंन्दिरमा फूलपाती (तस्वीरसहितं)

रबिन्द्र बराल
रंगेली । विगतका वर्षहरुझैं यसवर्ष पनि मोरङको रंगेली नगरपालिका ७ स्थित श्री संन्सारी माई मंन्दिरमा फूलपाती बढाई गरिएको छ । प्रदेश १ को एकमात्रै फूलपाती बढाई भित्र्याउने शक्ति पिठमा मंगलबार धुमधामका रंगेली नगरपालिकाले फूलपाती  भित्र्याएको हो ।

पञ्चे बाजा, विभिन्न जातजातीका नृत्य तथा झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी तथा ठूलो सङ्ख्यामा सर्वसाधारणहरुले मन्दिर परिसरवाट कलश यात्रा सहित ३ किलोमिटरसम्म हर्सोउत्लासका साथ सहभागीता जनाएका थिए । रंगेली वार्ड न ६ स्थित स्कुलटोलमा रहेको वेलको रुखमा पुगेर त्याँहा विधिपूर्वक पुजाआजा गर्ने र पुनः मन्दिरमा आएर फूलपाती बढाई भित्राइएको थियो । मन्दिरमा नेपाली सेना र नेपाल प्रहरी तथा सशत्र प्रहरीले सलामी समेत चढाएका छन् । प्रदेश सरकारले बिगत तीन बर्ष देखि प्रदेश स्तरीय पुजा समेत गरिर्दै आईरहेको छ ।

प्रदेश नम्बर १ का मुख्यमंत्री भिम प्रसाद आचार्य, आन्तरिक तथा कानुन राज्य मन्त्री लिलाबल्लभ अधिकारी, कृषि सहकारी भूमि सुधार राज्यमन्त्री ज्ञानेश्व राजवंशी, नगरपालिका मेयर दिलिप बगडिया, उपमेयर केशव कुमारी खरालको उपस्थिति थियो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष संन्जिव श्रेष्ठका अनुसारविराटनगरदेखी २० किलोमिटर पूर्वमा रहेको ऐतिहासिक मन्दिरमा नवरात्रीको अवसरमा अहिले पुजाआजा र भजन कृतन समेत भइरहेको छ । मनोकामना पुराहुने सो मन्दिरमा पुजाआजा र वलि चढाउन नेपालका मात्र नभएर भारताबाट समेत उल्लेखनिय रुपमा भक्तजन आउने गदर्छन् । मन्दिरमा घटस्थापना देखि नौ दिनसम्म भाकल गर्दा नौ दिनमा मनोकामना पूरा हुने मंन्दिरका आचार्य पंडित कृष्ण कोईरालाले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्