सुत्केरीलाई पौष्टिक आहार र कपडा

सुत्केरीलाई पौष्टिक आहार र कपडा

इटहरी । इटहरी अस्पतालमा सुत्केरी गराएका महिलालाई इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले पौष्टिक खाना र कपडा सहित घरमै पुगेर भेटघाट गर्नुभएको छ । इटहरी उपमहानगरको सुत्केरी भेट कार्यक्रम अन्र्तगत वडा नम्वर ४, ८, ७, ८, १० र १४ नम्वर वडाका आमासँग स्वास्थ्यकर्मी सहित भेटघाट गरिएको हो ।

वडा नम्वर ४ र १४ का केहि सुत्केरी महिलालाई भने वडा कार्यालयमा भेट गरिएको छ । वडा नम्वर १४ को भेटघाट कार्यक्रममा वडाध्यक्ष रमेश चौधरी पनि सहभागि हुनुहुन्थ्यो । वडा नम्वर ४ को कार्यक्रममा महिला सदस्यहरु हुनुहुन्थ्यो । इटहरी अस्पतालकी स्टाफनर्स रीता मण्डलले आमा र वच्चाको स्वास्थ्य अवस्था वुझनुका साथै परामर्श दिनुभएको छ । चामल दाल तेल नुन अण्डा, नानी र आफूलाई कपडा सहित उपमेयर घरमै आइपुग्दा आफूलाई खुशी लागेको वडा नम्वर ४ की सुत्केरी महिला मन्जु जोगीले प्रतिक्रिया दिनुभयो । सुत्केरी भएका महिलाको घरको अवस्था के कस्तो हुन्छ यस्तो कार्यले धेरै सहयोग पुग्ने उहाँको भनाई छ । उपमेयर सुत्केरी भेटघाट कार्यक्रमको प्रभावले इटहरी अस्पतालमा सुत्केरी गराउनेहरुको संख्या समेत वढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्