सिटिजन बैंक कर्सिया शाखाबाट २१ लाख बढी रकम लुटिएको प्रारम्भिक अनुमान

सिटिजन बैंक कर्सिया शाखाबाट २१ लाख बढी रकम लुटिएको प्रारम्भिक अनुमान

विराटनगर । मोरङको कर्सियास्थित सिटिजन बैंकदेखि हतियारसहित आएको समूहले २१ लाख ७० हजार ५६३ रुपिँेया लुटेको प्रारम्भिक विवरण खुलेको छ । बैंक प्रशासनले प्रहरीलाई दिएको प्रारम्भिक विवरणमा आठ जनाको समूहमा आएका लुटेरा समूहले २१ लाख ७० हजार ५६३ रुपिँया लुटिएको जानकारी दिएका हुन् । तर, अझैसम्म बैंकबाट यति नै रकम लगियो भन्ने यकिन विवरण आएको छैन ।

हतियारसहित आएका लुटेरा समूहले सोमबार दिउँसो बैंकमा लुटपाट गरेको थियो । बैंक भित्र तीन जना पसेको देखिएको छ । बैंकका सुरक्षा गार्डलाई गोली हानेपछि कर्मचारी काउन्टर छोडेर केहि ब्याक भएका थिए । त्यहि बेला उनीहरुले रकम लुटेका थिए । प्रहरीले सिसिटीभी फुटेजबाट समेत अनुसन्धान गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीका अनुसार सोमबार राति करिब १० बजे बैंकले २१ लाखदेखि ३० लाखको बीचमा रकम लुटपाट भएको जानकारी गराएको थियो । प्रहरीले लुटपाटमा संलग्न दुई जना भारतीयसहित एकजना नेपालीलाई पक्राउ गरेको छ । प्रहरीले भारतको अररीया जिल्लाको शिवपुरदेखि ३२ वर्षिय सुनिल यादव, भारत गौराहाका ३५ वर्षिय बिजय बहरदार र विराटनगरका ३२ वर्षिय श्याम मुखियालाई पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूलाई भारततर्फ भाग्न लाग्दा सीमा नाका खयरवनाबाट पक्राउ गरेको थियो । बैंक लुटेर को २५ प ३८९९ नम्बरको पल्सरमा भारतर्फ भान्न खोज्दा प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले लुटेरालाई पक्राउ गर्न खोज्दा भारतीय नागरिक बिजय बहरदार फरार भएपछि बायाँ खुट्टामा गोली लागेको थियो । लुटपाट गरेका मध्यै बैंक भित्र प्रवेश गरेका रातो टिर्सट लगाउने विराटनगरका सहनी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले लुटपाटमा प्रयोग गरेको कटुवा पेस्तोल खयरवनाको बाँस झ्याङदेखि बरामद गरेको छ ।
प्रहरीका अनुसार चारवटा मोटसाइकलमा ८ जनाको समूह आएको थियो । ती मध्ये एउटा मोटरसाइकलसहित तीन जना पक्राउ परेका छन् । लुटपाटमा प्रयोग भएको पेस्तोल पनि भेटिएको छ । बाँकी हतियारको विवरण प्रहरीले खुलाएको छैन ।
एक राउण्ड गोली सुरक्षा गार्ड ३७ वर्षीय शितल कुँवरको कुममा लागेको छ । उनको अहिले विराटनगरस्थित न्यूरोमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्