प्रदेश नं १ मा कोरोना सङ्क्रमण घट्दो क्रममा

प्रदेश नं १ मा कोरोना सङ्क्रमण घट्दो क्रममा

प्रदेश नं १ मा कोरोना सङ्क्रमण घट्दो क्रममा रहेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना सङ्क्रमण भएको छ । एक सय १९ जनाको पीसीआर परीक्षण गर्दा २२ र ६८ जनाको एन्टिजेन परीक्षण गर्दा छ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा १५, मोरङमा चार, झापामा दुई र उदयपुरमा एक जनामा सङ्क्रमण देखिएको हो । सुनसरीको इटहरीमा ११, धरानमा तीन र रामधुनीमा एक, मोरङको विराटनगर र सुन्दरहरैचामा दुई÷दुई झापाको भद्रपुर र मेचीनगरमा एक÷एक र उदयपुरको उदयपुरगढीमा एक जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा आजै ५७ महिलासहित ११९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सो अवधिमा एक महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्