मायाघरमा ‘माया’ साट्न पुग्यो इटहरी उप–महानगर

मायाघरमा ‘माया’ साट्न पुग्यो इटहरी उप–महानगर

इटहरी । जताततै दशैको रौनक छ । घर घरमा दशै भित्रिएको छ । हर्षोउत्लासको समयमा पनि इटहरी २ को एकैघरका १०२ जनालाई भने दशै आएन । न नयाँ नाना थियो, न मासु र खाना । एक सय दुईजना सडक मानवलाई आश्रय दिईरहेको इटहरी स्थित माया घरमा स्थानीय सरकार इटहरी उपमहानगरपालिकाले दशैं भित्र्याएपछि मात्रै दशैंको आभास भएको हो ।

उपमहानगरपालिकाको तर्फवाट उपप्रमुख लक्ष्मी गौतम पुगेपछि माया घरमा पनि उस्तै उत्साह भरिएको हो । त्यहाँ आश्रित १०२ जनाका लागि नयाँ लुगा र खानाको ब्यवस्था सहित उपमहानगरको तर्फवाट उपप्रमुख गौतमले माया साट्नु भएको हो । उपप्रमुख गौतमले सबैलाई कपडा र खाना दिनुभयो । उहाँले सबैजना घर घरमा दशैको उमंगमा रमाइरहेका बेला मायाघरमा आश्रितका लागि इटहरी उपमहानगरपालिकाले दशैको अनुभूति गराउने कोशिस गरेको बताउनुभयो ।

मायाघरकी सचिव सुभद्रा प्याकुरेलले मायाघरमा बल्ल दशैं आएको प्रतिक्रिया जनाउनुभयो । अप्ठ्यारो परेको बेला उपमहानगरको तर्फबाट सहयोग लिएर उपप्रमुख आइरहदा मायाघरलाई सजिलो हुने गरेको उहाँको भनाई छ । मायाँघरले मानसिक सन्तुलन ठीक नभएर असहाय रुपमा सडकमा वस्न वाध्य महिला तथा बालबालिकालाई आश्रय दिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्