विराटनगरमा कोरोना संक्रमित संख्या दुई, प्रदेश १ मा २८ जनामा मोरङमा मात्रै चार

विराटनगरमा कोरोना संक्रमित संख्या दुई, प्रदेश १ मा २८ जनामा मोरङमा मात्रै चार

विराटनगर । विराटनगरमा कोरोना संक्रमितको संख्या स्वाट्टै घटेको छ । हिजो बुधबार विराटनगरमा कोरोना संक्रमितको संख्या २ जना मात्रै छ । मोरङ जिल्लाभर नै चारजनालाई मात्रै कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश १ मा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ११९ जनाको पीसीआर परीक्षण गर्दा २२ र ६८ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा १५, मोरङमा ४, झापामा २ र उदयपुरमा १ जनामा संक्रमण देखिएको हो ।
सुनसरीको इटहरीमा ११, धरानमा ३ र रामधुनीमा १, मोरङको विराटनगर र सुन्दरहरैचामा २–२, झापाको भद्रपुर र मेचीनगरमा १–१ र उदयपुरको उदयपुरगढीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ११९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५७ महिला र ६२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्