शेरबहादुर देउवा नेतृत्वको सरकार सट्टापट्टाको : ओली

<span class='c1'>शेरबहादुर देउवा नेतृत्वको सरकार</span> <span class='c2'>सट्टापट्टाको : ओली</span>

झापा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार सट्टापट्टाको सरकार रहेको बताएका छन् ।

बिहीबार झापाको बिर्तामोडमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो अभिव्यक्ति दिएका हुन् । हालै भएको मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधिशका जेठानलाई मन्त्री बनाएको बिषयतर्फ संकेत गर्दै उनले देउवा नेतृत्वको सरकार सट्टापट्टाकोे रहेको बताए । उनले गजेन्द्र हमालको नियुक्तिले सरकार कसरी बनेको रहेछ भन्ने बिषय प्रष्ट भएको जिकिर गरे । उनले भने, ‘यो सरकार वार्टर सिस्टमबाट बनेको रहेछ भन्ने प्रष्ट भयो । पैसाको कारोबार भयो भएन थाहा छैन, वार्टर सिस्टम चाँही यसपटक देखियो ।’

अहिलेको सरकारको लक्ष्य स्पष्ट नभएको भन्दै ओलीले आफ्ना पार्टीबाट विजय भएका स्थानीय तह तथा प्रदेशका जनप्रतिनिधिहरूलाई भने विकासका कामलाई तिव्रता दिन आग्रह समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्