देलिवश र राज साम्राज्ञीसँग माया पिरिममा लाउने दाउमा ( भिडियो सहित )

देलिवश र राज साम्राज्ञीसँग माया पिरिममा लाउने दाउमा ( भिडियो सहित )

विराटनगर अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘माया पिरिम’ बोलको म्युजिक भिडियोमा साम्राज्ञीसँगै एलिशा शर्मा, राज र देलविशको अभिनय छ । राज र देलविशले यसै भिडियोबाट अभिनय यात्रा सुरु गरेका हुन् ।

डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा चारै जना कलाकार डान्सिङ मुडमा देखिएका छन् । गीतमा विश्व नेपाली र अस्मिता परियारले स्वर दिएका छन् । डीपी खनालको शब्द रहेको गीतको संगीत शंकर थापा ‘स्माइल’ले तयार गरेका हुन् ।
भिडियोको निर्देशन तथा करियोग्राफी माइकल चन्दले गरेका छन् । उत्सव दाहालले खिचेको भिडियोलाई शिलोन लम्सालले सम्पादन तथा कलर गरेका छन् ।
दिनेश दर्शनधारी र यशोदा राईको लगानी रहेको भिडियोलाई ट्रि इन्टरटेन्टले निर्माण गरेको हो । उत्त भिडियो अहिलेसम्मकै सबैभन्दा महंगो भिडियो निर्माण भएको निर्माताले दावी गरेका छन्। निर्माताले आफ्ना छोराहरुलाई यही गीतमार्फत मोडलिङमा डेब्यू गराएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्